शुक्रवार, 21 अक्टूबर 2011

'माओवादी इमान्दार भएन'

sushil_koirala
गोरखा, कार्तिक ४ - कांग्रेस सभापति सुशील कोइरालाले माओवादी पूर्व प्रतिबद्धताअनुसार इमान्दार नभएको आरोप लगाएका छन् ।
गोरखा सदरमुकाममा शुक्रबार कांग्रेस जिल्ला सम्मेलन उदघाटन गर्दै कोइरालाले इमान्दार छु भनेता पनि गरिएका सम्झौता माओवादीले व्यवहारमा लागु नगरेर इमान्दारिता नदेखाएको आरोप लगाए । प्रतिबद्धता गरिएका कुराहरु व्यवहारमा देखाउनुपर्ने उनको धारणा छ ।
शान्ति प्रक्रिया र संविधान निर्माणका लागि गरिएका सम्झौताहरु व्यवहारमा लागु नगरी इमान्दार छु मात्र भनेकाले यस्तो सुझाब दिएको सभापति कोइरालाले बताए । 'शान्ति प्रक्रियाका क्रममा ८ बुँदे, १२ बुदे सम्झौता देखि लिएर बृहत शान्ति सम्झौता पनि भयो,' उनले भने, 'सम्झौता अनुसार काम गर्नु भएको छैन । इमान्दार छु मात्र भन्नु हुन्छ । भन्ने होइन सबैले विश्वास गर्ने गरिर् मान्दार भएर देखाउनु पर्‍यो ।'
अहिले पनि माओवादी अध्यक्ष पुष्पकमल दाहार र उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुराम भट्टराई शान्ति प्रक्रियाको बिषयमा गम्भीर देखिएको बताउँदै उनले त्यसलाई व्यवहारमा लागु गर्नुपर्ने बताए । 'त्यो गम्भीरता पार्टीमा निर्णय गरि सहमति कायम हुँदैछ भन्ने विश्वास राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा देखाउनुस्' कोइरालाले भने, 'शान्ति प्रक्रिया अड्काउने कुरा माओवादीबाटनै भइरहेको छ ।'
सेना समायोजन, कब्जा गरिएको सम्पति, वाईसीएलको अर्धसैनीक संरचना लगायतका बिषयमा माओवादीले अड्को थापि शन्ति प्रक्रिया अबरुद्ध परेको उनको आरोप छ ।
'तर, मुखले हदै सम्मको लचकता अपनाइरहेका छौं । इमान्दार छौं भन्नुहुन्छ,' माओवादीप्रति आक्रोशित हुँदै कोइरालाले भने, 'प्रधानमन्त्री भट्टराईकै जिल्ला गोरखामा कुटपिट, हत्या हिंसाका घटना भइरहेका छन् । तपाईंहरु कसरी इमान्दार ?'

कोई टिप्पणी नहीं: