काठमाडौं,१ कार्तिक। प्रधानमन्त्री डा. बाबुराम भट्टराईको यही कात्तिक ३ गतेदेखि हुन लागेको भारत भ्रमण प्रचार गरिएजति सफल हुनेमा परराष्ट्रका जानकारहरुले शङ्का व्यक्त गरेका छन्। मंगलबार आयोजित साक्षात्कारमा वक्ताहरुले प्रधानमन्त्रीको भारत भ्रमण नेपाल र भारतको सम्बन्ध विस्तार भन्दा प्रधानमन्त्रीको पार्टी एमाओवादी र भारतबीचको बिगि्रएको सम्बन्ध सुधार गर्नका अवसर साबित हुने दाबी गरेका छन्।
कार्यक्रममा नेपाली काँगेसका नेता नारायण खड्काले प्रधानमन्त्रीको भारत भ्रमणले देशलाई भन्दा प्रधानमन्त्रीको पार्टी लाभान्वित हुने जिकिर गर्नुभयो। उहाँले भ्रमणका क्रममा दूरगामी महत्वका निर्णय नगर्न आग्रह गर्दै भ्रमणमा आफ्नो पार्टी सहभागी नहुने जानकारी दिनुभयो ।त्यस्तै परराष्ट्रविद् डा.जयराज आचार्यले प्रधानमन्त्रीको भारत भ्रमण कर्मकाण्डको औपचारिकता भएको भन्दै भ्रमणबाट देशले ठूलो उपलब्धि हासिल गर्न नसक्ने उल्लेख गर्नुभयो। उहाँले वर्तमान प्रधानमन्त्रीले पार्टीका तर्फबाट २०५२ सालमा प्रस्तुत गरेको ४० बुँदे मागमध्ये सन् १९५० को सन्धि खारेजी महाकाली सन्धिको खारेजीलगायतका मुद्दाबारे भ्रमणमा प्रधानमन्त्रीले कुरा उठाउनेमा शङ्का व्यक्त गर्दै प्रधानमन्त्रीको परीक्षा सुरु भएको बताउनुभयो।
कार्यक्रममा परराष्ट्र एवम् अर्थविद् चिरञ्जिवी नेपालले प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा व्यापार घाटा विद्युत् विस्तार शान्ति प्रकि्रया र संविधान लेखनका साथै भारतीय पक्षले सुरक्षाको कुरा उठाउन सक्ने बताउनुभयो।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें