मंगलवार, 18 अक्टूबर 2011

नेपालको पूर्वीद्धारबाट पर्यटकको आगमन उल्लेख्य


झापा,१ कार्तिक। भारतको बाटो हुँदै नेपालको पूर्वीद्धार काकरभिट्टा नाका भएर विगत नौँ महिनाभित्र ३ हजार २७३ जना विदेशी पर्यटक नेपालमा आएका छन्। सन् २०११ जनबरीदेखि सेप्टेम्बरसम्म अष्ट्रेलियन ११८, अष्ट्रियाका १९, बङ्गलादेशी ३१६, बेल्जियमका ३३, क्यानडाका १०४, चीनका ५३,  डेनमार्कका २४,  फ्रान्सका २००,   जर्मनीका १३९,  इजरायलका ४६,  इटालियन ५७,  जापानका १५२,  मलेसियाका ६३ र नेदरलैन्डका ६२ जना नेपाल भ्रमणमा आएका छन्।
यसैगरी न्यूजीलैन्ड २५, नर्वे १८, सिङ्गापुर २३, श्रीलङ्का तीन, स्वीटरजरलैन्ड ४९, स्पेन ६४, स्वीडेन ६१, साउथ कोरिया ५४०, ताइवान ३४, थाइलेन्ड २१, अमेरिका ३९० र बेलायत २७४ जना विदेशी पर्यटक नेपाल प्रवेश गरेको अध्यागमन कार्यलय काँकरभिट्टाले जनाएको छ। यस्तै नेपाल हुँदै तिब्बत् जाने भुटानका ६३, भारतका आठ र अन्य मुलुकहरुका ३१४ जना छन्।
विगत नौं महिनामा नेपाल आउने विदेशी पर्यटकमा सबैभन्दा बढी दक्षिणा कोरियाका रहेका छन्। यसअघिका बर्षहरुमा बङ्गलादेशीको सङ्ख्या अत्यधिक भएपनि हाल घटेको कार्यालय प्रमुख खेमराज खनालले बताउनुभयो।

कोई टिप्पणी नहीं: