मंगलवार, 18 अक्टूबर 2011

रक्षामन्त्री फिर्ता बोलाउने जिम्मा मधेसी मोर्चालाई .

काठमाडौं, कात्तिक १ (नागरिक)- मधेसका २२ जिल्ला अलग पार्ने अभिव्यक्ति दिएर विवादमा आएका रक्षामन्त्री शरदसिंह भण्डारीलाई सरकारबाट फिर्ता बोलाउने जिम्मा मधेसी मोर्चाले पाएको छ। भण्डारीको दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले भोलि मोर्चाका अन्य दलसँग छलफल गरी यस बारेमा धारणा बनाउने निर्णय गरेको हो। राष्ट्रियतासम्बन्धी विवादास्पद अभिव्यक्ति दिएपछि प्रतिक्षी कांग्रेस एमालेले रक्षामन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन्।


रक्षामन्त्री भण्डारीलाई मन्त्रीबाट फिर्ता बोलाउने वा नबोलाउने भन्ने विषयमा निर्णय गर्न आज बसेको फोरम (लोकतान्त्रिक) को राजनीतिक समितिको बैठकले सत्तासाझेदार दलको वक्तव्यले उसको गठबन्धन र चारबुँदेप्रतिको शंका मेटिएको निष्कर्ष निकाल्दै रक्षामन्त्री राजीनामाको विषयमा मोर्चाका बाँकी घटकसँग छलफल गरेर बुधबार आधिकारिक धारणा तय गर्ने निर्णय गरेको हो।
बेठकले जटिल परिस्थितिका बेला कांग्रेस र एमालेले रक्षामन्त्रीको अभिव्यक्तिको अनर्गल प्रचार-प्रसार गरी मुद्दा बनाएको भन्दै प्रतिपक्षीको जिम्मेवार भूमिका निर्वाह गर्न पनि पार्टीले आग्रह गरेको छ।

स्रोतका अनुसार आजको बैठकमा पनि रक्षामन्त्रीका विषयमा राजनीतिक समिति सदस्यबीच मत बाझिएको छ। अधिकांश सदस्यले केन्द्रीय समितिमार्फत विवाद टुङ्ग्याउनुपर्ने अडान लिएपछि बिना निष्कर्ष बैठक टुंगिएको हो।

कोई टिप्पणी नहीं: