गुरुवार, 27 अक्तूबर 2011

पार्टी फुटाउँदिनः भण्डारी

sharat_sing_bhandari
काठमाडौं, कार्तिक १० - मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का बरिष्ठ नेता शरतसिंह भण्डारीले आफूले पार्टी नफुटाउने दाबी गरेका छन् ।
एक दर्जन सभासद्सहित पार्टी फुटाउने चर्चा चलिरहेकाबेला उनले बिहीबार आफ्नै निवास भैंसेपाटीमा सञ्चारकर्मीको देउसी टोलीसँग भने, ‘पछिल्लोपटक आफ्ना मुद्दामा पार्टी कतै विचलित भएको हो कि भन्ने लागेको छ, यसैलाई मुद्दा बनाएर पार्टी फुटाउँदिन ।’ 
मुलुक टुक्र्याउने अभिव्यक्ति दिएपछि भण्डारीलाई पार्टीको सिफारिसमा डेढ साताअघि प्रधानमन्त्री बाबुराम भट्टराईले बर्खास्त गरेका थिए । उनले आफूले राजीनामा दिएपछि अबरुद्ध शान्ति र संविधान प्रक्रिया सुरु हुने आश्वासन पूरा नभएकोमा भने खिन्नता प्रकट गरे ।
नेता भण्डारीले आफू रक्षामन्त्री हुँदा प्रारम्भ गरेको मधेसीलाई सेनामा प्रवेश गराउने प्रक्रिया सुरु गर्नुपर्नेमा जोड दिए । ‘दस हजार मधेसीलाई सेनामा प्रवेश गराउन तत्काल ३ हजारका लागि प्रक्रिया सुरु भएको थियो,’ उनले भने, ‘यसलाई सरकारले कार्यान्वयन गर्नुपर्छ ।’
नेता भण्डारीले प्रधानमन्त्री भट्टराईले आफ्नो भारत भ्रमणमा गरेको द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण (बिपा) सम्झौताको स्वागत गरे । उनले सम्झौतापछि नेपालमा विदेशी लगानी भित्र्याउन ढोका खोलेको टिप्पणी गरे ।

कोई टिप्पणी नहीं: