काठमाडौं, १० कार्तिक । नेपालीको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज गाई, गोरु र गोवद्र्धनको पूजा गरिँदैछ । तिथि अनुसार आज गाई गोरु र गोवद्र्धन पूजा गर्नुपर्ने पाचांङ्ग निर्णायक समितिले जनाए पनि काठमाडौंमा कतिपयले भने लक्ष्मी पूजा नगर्दै बुधबारै गाई पूजा गरेका थिए । लक्ष्मी पूजा भने बुधबार राति धुमधामका साथ मनाइएको छ । पाँच दिनसम्म मनाइने तिहारको अन्तिम दिन भोलि दिदी-बहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाई दिएपछि तिहार समापन हुन्छ । पंचाङ्ग निर्णायक समितिले ११ बजेर ५५ मिनेटको साइतलाई टिका लगाउने उत्तम साइत भनेको छ । स्थानीय समयमा रुपान्तरण गर्दा झापामा ११ बजेर ४२ मिनेटमा विराटनगरमा ११ बजेर ४५ मिनेटमा धनकुटामा ११ बजेर ४६ मिनेटमा ओखलढुङ्गामा ११ बजेर ४९ मिनेटमा जनकपुरमा ११ बजेर ५१ मिनेटमा काठमाडौंमा ११ बजेर ५५ मिनेटमा चितवनमा ११ बजेर ५९ मिनेटमा पोखरामा १२ बजेर १ मिनेटमा बुटबलमा १२ बजेर २ मिनेटमा दाङ्गमा १२ बजेर ७ मिनेटमा नेपालगाजमा १२ बजेर १० मिनेटमा जुम्लामा १२ बजेर ११ मिनेटमा र धनगढीमा १२ बजेर १६ मिनेटमा उत्तम साइत मानिएको छ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें