मक्का (साउदी अरब), कार्तिक १० - तीर्थाटनका लागि आएका ८ सय ६८ नेपाली हजयात्री उचित व्यवस्थापन नहुँदा यहाँ अलपत्र परेका छन् ।
केन्द्रीय हज समितिले उनीहरूका लागि बस्ने घर उपलब्ध गराए पनि खानपिनको व्यवस्थापनका साथै पिउने पानी नहुँदा उनीहरू दानवीरहरूले दिएको खानामा छाक टार्न बाध्य छन्् । स्थानीय दानवीर, प्रतिष्ठित व्यक्ति र व्यापारीहरूले हज यात्रीलाई बेला बेला खानेकुरा, तरकारी, फलफूल र पानी बाँडिरहेका छन् ।
समितिले झन्डै तीन साताअघि हाइलीजरा भन्ने स्थानमा यात्रीका लागि बुक गरेका दुई वटा होटलमा पकाएर खानेसमेत सुविधा नभएपछि लाखौं खर्चेर धर्म कमाउन आएका नेपाली हजयात्री अलपत्र परेका छन् । हज समितिले यो पटक हवाई टिकट, मोअल्लिम दस्तुर, होटल र यातायात खर्च गरी एक जना यात्रुसँग एक लाख ५२ हजार रुपैयाँ संकलन गरेको थियो । दक्षिण एसियाली मुलुकहरू पाकिस्तान, भारत, बंगलादेशलगायतका देशले भने हजयात्रीका लागि विशेष व्यवस्था गरेको देखिन्छ ।
हजका लागि नेपालका २६ जिल्लाबाट उक्त संख्यामा हजयात्री यसै साता मक्का आएका थिए । मक्कामा बसुन्जेलका लागि (करिब ३५ दिन) घर भाडा र सवारी साधन बापत समितिले प्रत्येक हजयात्रीको ४० हजार रुपैयाँ खर्च हुने गरी होटलसँग सम्झौता गरे पनि उक्त रकम अनुसारको सुविधा नपाएको भन्दै हजयात्रीले गुनासो गरिरहेका छन् ।
उनीहरूले होटलमा उचित संख्यामा कोठाका साथै खानपिनको व्यवस्था नगरेकामा समितिसँग आपत्ति जनाउँदै होटल र खानपिन व्यवस्थापनकै लागि एक महिनाअघि काठमाडौंबाट यहाँ आएका मौलाना अलि अस्गर मदनीलाई मंगलबार कुटपिट प्रयास गरेका थिए ।
८ सय ७५ यात्रीका लागि होटल बुक गरिए पनि कोठा नपाएपछि केही यात्रु भुइँमैसमेत सुत्न बाध्य छन् ।
मौलाना मदनीकै अग्रसरतामा समितिले तीं दुई होटलसँग एक जना यात्री बापत् २ हजार रियालमा सम्झौता गरेको थियो । मौलाना मदनीले भने सुविधा थप्न आफूले सक्दो पहल गरिरहेको तर्क गरे । उनले दुबै होटलमा कोठा पर्याप्त भए पनि व्यवस्थापन पक्ष मात्रै फितलो भएको दाबी गरे ।
चाहेको बेलामा मक्का (हरम शरिफ, मुख्य तीर्थस्थल) आउजाउ गर्न सवारी साधनसमेत पर्याप्त सुविधा नभएकोमा आपत्ति जनाएका छन् ।
नेपाली हज यात्री राखिएको होटलबाट मक्का जान पैदल एक घन्टाभन्दा बढी समय लाग्ने र ट्याक्सी महँगो भएको हुनाले इच्छाअनुसार मक्कामा गएर प्रार्थना र अन्य धार्मिक कार्य गर्न नसकेको एक हजयात्रीले बताए । सकेसम्म मक्कास्थित हरम शरिफ (खाना काबा) मा गएर प्रार्थना गर्न हज यात्रीहरू लालायित हुन्छन् । किनभने खाना काबामा गई एक पटकको नमाज (प्रार्थना) गर्दा एक लाख पटक नमाज पढे बराबरको फल प्राप्त हुने विश्वास छ ।
हिजरी संवत्को जिल्हिज्जा महिनामा प्रत्येक वर्ष विश्वभरबाट सक्षम मुस्लिमहरू हजका लागि यहाँ आउँछन् । इस्लाम धर्मले सक्षम र धनीलाई मात्रै हज अनिवार्य गरेको छ । हज इस्लामका पाँच आधार स्तमध्येकै एक हो ।
१९ औं पटक करिमुद्दिन पनि काठमाडौं घन्टाघरका करिमुद्दिन १९ औं पटक हजका लागि यहाँ आएका छन् । उनी कात्तिक ७ गतेको अन्तिम उडानबाट मक्का आएका हुन् ।
लाखौं हजयात्री मक्कामा हजका लागि विश्वभरबाट लाखौं मुसलमान मक्कामा जम्मा भएका छन् । अझै विभिन्न मुलुकबाट हजयात्री आउने क्रम जारी छ । खास हज अरबी पात्रो हिजरी संवत्को अर्को महिना (जिल्हिज्जा) मा हुने भएकाले यात्रु आउने क्रम जारी छ । विभिन्न मुलुकका हजयात्री मक्का आएर काबा शरिफको परिक्रमा गरी हजभन्दाअघि गरिने उम्रामा व्यस्त छन् ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें