शनिवार, 22 अक्टूबर 2011

खानेपानीको अभावमा गाउँ नै विस्थापित हुदै

सल्यान,५ कात्तिक। सल्यानको पश्चिमी क्षेत्र घाङ्जरी पिपल गाविस अन्तर्गत पर्ने मैदु वडा नं ७,४ र ५ लगायतका क्षेत्रमा खानेपानीको हाहाकार मच्चिएपछि सो स्थानका बासिन्दाहरु बेसीतिर बसाइँ सर्न लागेका छन्। पचास-साठी घरधुरी रहेको सो स्थानमा पानीको कुनै पनि मुहान नभएको र वर्षात सकिनेवित्तिकै पानीको हाहाकार मच्चिएपछि अहिले विस्तारविस्तारै घरधुरी घट्दै गएको छ।
जिल्ला  विकास समितिबाट आर्थिक वर्ष २०६३/०६४ को परिषद्बाट खानेपानी आयोजनाका लागि रु १४ लाख छुटुएको थियो। तर प्राविधिक इस्टिमेटको कमी र ठेकेदारको लापरबाहीका कारण पानी मुहानदेखि गाउँसम्मको पाइपमा न चढेपछि अहिलेसम्म पनि सो क्षेत्रमा पानी पुग्न नसकेको स्थानीयले बताएको छ। साथै जिविसबाट प्राप्त रकम दुरुपयोग भएकाले पनि पानी गाउँसम्म पुग्न नसकेको स्थानीय वासीको गुनासो छ। वर्षात् सकिएलगत्तै गर्मी र अन्य समयमा गाउँमा पानी नै नपाउने र पानी लिन घन्टौ लाग्ने भएपछि अधिकांश स्थानीयवासी पानी नजिक बेँशीतिर नै बसाइँ सार्न थालेका छन्। यसरी एक/एक परिवार गरि बसाइँ सर्न थालेपछि गाउँ नै विस्थापित हुने अवस्थामा छ।रासस

कोई टिप्पणी नहीं: