दमक, कार्तिक ८ - एमालेका सचिव शंकर पोखरेलले शान्ति प्रकृया टुङ्ग्याउने की नटुङ्ग्याउने भन्ने बिषयमा माओवादी दोधारमा रहेको बताएका छन् ।
प्रेस चौतारी झापाले मंगलबार बिहान दमकमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव पोखरेलले यस्तो बताएका हुन् ।
वर्तमान अवस्थालाई नै बलिदानीको उपलब्धी मानेर चित्त बुझाउनु पर्ने भएकाले माओवादी भित्र निरासा उत्पन्न भएको उनले बताए । 'चर्का राष्ट्रवादी नारा लगाएर र जनयुद्धका नाममा १४ हजार मान्छे मारेर यती नै मात्र उपलब्धीमा चित बुझाउनु पर्दा आम जनताबाट बाढारिनु पर्ने भयले माओवादी त्रसित छ' पोखरेलले भने ।
माओवादी भित्रैबाट प्रधानमन्त्री बाबुराम भट्टराईलाई असफल तुल्याउने षड्यन्त्र भइरहेको उनले बताए भयो ।
सचिव पोखरेलले एमालले आगामी मंसिरमा राष्ट्रिय प्रतिनिधी परिषदको भेला गराएर देशव्यापी रुपमा जनजागरण अभियान सञ्चालन गर्ने जानकारी दिए ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें