सोमवार, 24 अक्तूबर 2011

बिपा खारेज नभएसम्म सडक आन्दोलन गर्छौँ : माओवादी महासचिव

बिपाले नेपाली मजदुरको अधिकार खोस्यो'-नेपालगन्ज, कात्तिक ७ (नागरिक)- एकीकृत माओवादीका महासचिव रामबहादुर थापाले भारतसँग गरिएको बिपा सम्झौताले नेपाली मजदुरको अधिकार खोसिएको दावी गर्दै यो खारेज नभएसम्म सडक आन्दोलन गर्ने बताएका छन्। कांग्रेस, एमालेले गर्न नसकेको विपा सम्झौता गरेर प्रधानमन्त्री भट्टराईको ‘भारतप्रेम' छताछुल्ल भएको उनको भनाइ थियो।
आफना पक्षका कार्यकर्ताकर्तालाई प्रशिक्षण दिनु अघि सोमबार कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले सम्झौता राष्ट्रघाती भएको आरोप लगाए। बिपा सम्झौताले नेपालमा भारतीय प्रभुत्व अझै बढ्ने उनको भनाइ थियो।
एक अर्को प्रसङ्गमा अध्यक्ष पुष्पकमल दाहाल र भारतीय गुप्तचर संस्था रअबीच सम्पर्क रहेको दोहोर्‍याए। ‘अध्यक्षले नै मसँग सिलगुढीमा रअका प्रतिनिधिलाई भेटेको बताएका थिए', उनले भने। अध्यक्ष र रअबीच सम्पर्क रहेको कुरा धेरैलाई थाहा भइसकेका कारणले यसअघि आफूले सार्वजनिक नगरेको थापाको भनाइ छ।
अध्यक्ष दाहालले भने आज सिमरा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यो आरोपमा कुनै नै ‘तुक र दम नभएको' भन्दै 'अर्थहीन कुराको जवाफ नहुने' बताएका थिए।

कोई टिप्पणी नहीं: