भक्तपुर,१ कार्तिक। नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाले आजदेखि भक्तपुर नगरपालिका क्षेत्रमा विद्युत् चुहावट नियन्त्रण अभियान सुरु गरेको छ। नगरपालिकाको ताछिखेलमा प्राधिकरण शाखा प्रमुख मदनराज चापागाईंको नेतृत्वमा गएको करिब २० जनाको कर्मचारीको टोलीले अनुगमन सुरु गरेको हो।
शाखाले मंगलबार नगरक्षेत्रको ८ र ११ वडाका विभिन्न क्षेत्रमा गरेको अनुगमनमा अधिकांश घरमा विद्युत् चोरी गरेको भेटिएपछि लाइन काटेर मिटर झिकेको छ। प्रहरीको टोलीसहित पुगेको अनुगमन टोलीले राम तुलसी गोविन्द तुलसी बाख्यो राजन कपाली गणेशबहादुर खायमली मुक्तिमाया बाख्योको घरमा विद्युत् चोरी गरेको फेला पारेपछि लाइन काटेर मिटरसमेत झिकेको छ।
प्राधिकरणबाट टोली गएको थाहा पाएपछि विद्युत् चोरी गर्ने खायमलीका परिवारले घरमा ताल्चा मारेर गए पनि प्राधिकरणले लाइन काटिदिएको छ। स्थानीय गोविन्द तुलसी बाख्याले यहाँका ९५ प्रतिशत घरमा चोरीको विद्युत् प्रयोग गर्ने गरेको भए पनि प्राधिकरणले केही नगरेपछि आफूले पनि चोरेको बताउनुभयो।नगरक्षेत्रभित्र विद्युत् चोरी गर्ने अधिकांशले बाहिरैबाट तार काटेर टेप लगाएर अर्को तार जोडेको तारको ज्वाइनमा अर्को तार जोडेको सडक बत्तीको स्विचबाटै अर्को तार जोडेको र मिटरमा नै अर्को तार जोडेर विद्युत् चोरी गरेको पाइएको थियो। चोरीका विद्युत्ले भाँडा बनाउन मदिरा बनाउन फ्रिज,हिटर राइसकुकरलगायतका विभिन्न विद्युतीय सामग्रीको प्रयोग गरेको पाइएको छ।
प्राधिकरणले आजै भक्तपुरको नलिाचोक र चित्तपोल क्षेत्रमा पनि गरेको अनुगमनमा चित्तपोलका जगन्नाथ ढुङ्गानालगायतको घरमा विद्युत् चोरी गरेको भेटिएकाले लाइन काटेको छ। प्राधिकरण भक्तपुर शाखाका प्रमुख चापागाईंले नगरक्षेत्रमा पनि विद्युत् चुहावट नियन्त्रण अभियान साचालन गर्न दबाब आएकोले अभियानलाई निरन्तरता दिने बताउनुभयो । रासस
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें