नयाँदिल्ली, कार्तिक ६ - २५ वर्षअघि जवाहरलाल नेहरु विश्वविद्यालय -जेएनयू) मा पढ्ने बाबुराम भट्टराई छिमेकी मुलुकको कार्यकारी प्रमुखका रूपमा शनिबार त्यहाँ पुग्दा प्राध्यापकहरूमात्रै होइन विद्यार्थीहरूको मुहारमा पनि गर्व र खुसीको भाव झल्कन्थ्यो । उनलाई सुन्न र हेर्न उत्सुकता यतिसम्म देखियो कि सामाजिकशास्त्र विभागको अडोटोरियम खचाखच भएपछि भवनबाहिर दुई ठूला टीभीका स्क्रिनमा कार्यक्रम प्रत्यक्ष देखाइएको थियो । टीभी स्क्रिनमा कार्यक्रम हेर्ने स्थान उत्तिकै भरिएपछि उभिने दर्शकको संख्या पनि ठूलै थियो ।
कार्यक्रमका वक्ताहरूले पटक-पटक रोचक र जोसिला प्रसंग सुनाउँदा हलभित्र मात्रै होइन बाहिरबाट पनि तालीको पर्रा छुट्थ्यो । भट्टराईले जेएनयूमा विद्यावारिधि गर्दा सुपरभाइजर रहेकी प्राध्यापक आतिया हबिब किड्वाईले भट्टराईसँग गासिएका पुराना किस्सा सुनाउँदा घरि माहोल भावुक बन्थ्यो त घरि रोमाञ्चक ।
उनले भट्टराईको थेसिस प्रसंगदेखि जनयुद्धकालका कठिन दिन, भट्टराईको लोभलाग्दो मुस्कान र नयाँ वर्षको शुभकामना पत्रजस्ता विषयमा पुराना याद ताजा बनाउँदा भट्टराई निकै भावुक बने ।
जस्तो कठिन परिस्थितिमा पनि नयाँ वर्षको कार्ड वर्षको पहिलो महिनामै पठाउने भट्टराईले एक पटक नपठाउँदा प्राध्यापक आतिया निकै आत्तिएकी थिइन् ।
'नेपालमा जनयुद्ध काल थियो र समयमा चिठी नआएपछि मलाई ठूलो चिन्ता पर्यो । पछि मार्चमा कार्ड आएपछि मन शान्त भयो । बाबुराम तिमीले मलाई त्यतिखेर तीन महिनाको कष्टपूर्ण समय उपहार दियौं', उनले ठट्यौरी पारामा भनिन् ।
भट्टराईको थेसिससम्बन्धी रमाइलो प्रसंग पनि आतियाले सुनाइन् । भट्टराईले करिब आठ सय पेजको थेसिस तयार पारेपछि आतिया अप्ठ्यारोमा परिछन् ।
'माक्र्सवादी दर्शनबारे धेरै नै उल्लेख गरिएको त्यो थेसिस छोट्टयाउँदा मर्म मर्न सक्ने चित्तदुखाइ बाबुरामको आँखामा मैले देखें । त्यसपछि जे होला त होला परीक्षकसँग म आफैं कुरा गरुँला भनेर थेसिस त्यतिकै राखें,' उनले भनिन् । भट्टराई आफ्नो प्राध्यापनकालको उत्कृष्ट विद्यार्थी रहेको भावना साट्दै उनले आफ्नो मन्तव्यको अन्त्यमा एउटा गुरुदक्षिणा मागिन्, 'मलाई अरू केही चाहिँदैन । हरेक नयाँ वर्षमा एउटा कार्ड पठाउन नछोड ।' त्यसपछि लामो समयसम्म तालीको पर्रा छुट्यो । मन्तव्य सकेर आतिया कुर्सीमा के र्फकेकी मात्रै थिइन्, दर्शकदीर्घाबाट एउटा अनौठो आवाज आयो- इन्कलाब जिन्दावाद, इन्कलाब जिन्दावाद । अरू केही आवाज पनि थपिए र केहीबेर त्यसले हल गुन्जायो ।
त्यसपछि बोल्न डायसमा पुगेका भट्टराई गला अवरुद्धजस्तै सुनिने लबजमा निकै विस्तारै भावुक बन्दै आफ्नो मन्तव्य राख्न सुरु गरे । 'म ज्यादै उत्साहित छु र भावुक पनि....आफ्ना पुराना दिनका याद प्राध्यापक आतियाले ताजा पारेपछि,' उनले रोकिँदै भने । त्यसपछि उनले सुरु गरे, जेएनयूबारे आफ्नो बुझाइ सुनाउन ।
'जेएनयू संसारका उत्कृष्ट विश्वविद्यालयमध्ये रहेकामा कुनै विवाद छैन । म अहिले जे छु जेएनयूकै कारण हो,' उनले भने । भट्टराईले आफ्नो लिखित मन्तव्य सुरु गर्नुअघि त्यहाँका विद्यार्थीहरूलाई भने, 'जेएनयूको पहिचान भनेको अध्यापनमा उत्कृष्टता र क्रान्तिको मिश्रण हो । यसलाई कहिले नबिर्सनुहोला ।' त्यसपछि आफ्नो लिखित मन्तव्य सुरु गरेका भट्टराईले विश्वभरका प्रसिद्ध क्रान्तिसँग नेपाली क्रान्तिको तुलना गरे । अनि नेपालमा पछिल्लो पटक आएको राजनीतिक परिवर्तन र जनयुद्धको औचित्य पुष्टि गर्ने प्रयास पनि गरे ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें