सोमवार, 22 अगस्त 2011

१२औ हरितालिका तीज प्रतियोगिता भब्य कार्यक्रम को साथमा समापन

चन्दी भञ्ज्याङ कारीकोट - ७ , श्री राम जनसेवा सँस्कृतिक परिवार द्वारा आयोजित १२ औ तिज गीत प्रतियोगिता हिजो ४ भाद्र २०६८ जंमास्टमीका दिन  साझ ३: ०० बजे बाट सुरु भई ८:३० मा समापन भएको थियो। जस्मा गा बि स का १५ साथै आलम देवी मसार को एक टोली सहीत १६ प्रतियोगी टोलिले भाग लिएको थियो। जस्मा १ प्रतियोगी टोली मन्डली सस्कृतिक परिवार बर्तुङलाई राष्ट्रिय कलाकार समाबेश भयको करण रद्ध गरिएको थियो।
     जसमा श्री कालिका नव क्षितिज युवा कलब वडा न : ८ (छिस्दी) प्रथम, साथै श्री नैना देवी सँस्कृतिक परिवार वडा न : ८ ( किपट ) द्वितिय साथै श्री बलकन्या जनजग्रिती युवा कलब वडा न: ३ (खल्दुवा) तिर्तिय स्थान प्राप्त गरेका थिए। जसलाई प्रमुख अतिथी, बिशेष अतिथी साथै सभापति महोदय बाट पुरस्कार हस्तान्तरण गरिएको थियो।  
    
 गीत प्रस्तुत गर्नु अघी आफ्नो रोल क्रम को लागि चिटठा ताने पछी आफ्नो पालो नम्बर हेर्दै 

 
आफ्नो नाच प्रस्तुत गर्दै प्रतियोगी कलाकारहरु 


 प्रतियोगितामा प्रथम हुने वडा न: ८ (छिस्दी) का कलाकार टोली 


 प्रतियोगितामा दुतिय हुने वडा न: ८ (किपट) का कलाकार टोली 



 
प्रतियोगितामा तिर्तिय हुने वडा न: ३(खल्दुवा) का कलाकार टोली 

कोई टिप्पणी नहीं: