काठमाडौ, अषाढ २१ - सरकारले हडताल गर्न नपाइने व्यवस्था कडाइका साथ लागू गर्ने जनाइरहेका बेला मध्यमाञ्चाल पेट्रोलियम ढुवानी व्यवसायी ्संघले भने सोमबार आन्दोलन घोषणा गरेको छ । आन्दोलनप्रति माओवादीनिकट ३ मजदुर संगठनले ऐक्यबद्धता जनाएका छन् । ऐक्यबद्धता जनाउने माओवादी संगठनमा नेपाल यातायात स्वतन्त्र मजदुर संघ, अखिल नेपाल स्वतन्त्र यातायात मजदुर संघ र अखिल नेपाल पेट्रोलियम मजदुर संघ छन् ।
मध्यमाञ्चल ढुवानी व्यवसायीले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी आन्दोलन घोषणा गरेको हो । 'असार २५ गतेसम्म माग पूरा भएन भने हामी पेट्रोलियम पदार्थ लोड/अनलोड गर्न अनिश्चित कालसम्म बन्द गछौं,' संघका कार्यबाहक अध्यक्ष दीपक सिवाकोटीले भने । सिवाकोटीका अनुसार संघले मंगलबारदेखि २३ गतेसम्म ज्ञापनपत्र बुझाउने र निगम कार्यालय घेराउ गर्ने कार्यक्रम राखेको छ । संघले २४ गते एक घन्टा थानकोट डिपोबाट पेट्रोलियम पदार्थ उठाउन रोक लगाउने छ । 'त्यति गर्दा पनि हाम्रो माग सुनुवाइ नभए हामी अनिश्चितकालीन आन्दोलनमा जान्छौं,' सिवाकोटीले भने ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें