मंगलवार, 5 जुलाई 2011

केटाहरुको मुन्द्रा खोलेर कपाल काट्ने अभियानमा प्रहरी

वीरगन्ज, असार २१- भर्खरै पर्सामा सरुवा भएका एसपी रमेश खेरलले लामो कपाल पाल्ने र टप, मुन्द्रा लगाउने केटा मान्छेको मुन्द्रा खोल्ने र कपाल काटिदिने अभियान सुरु गरेका छन्। समाजलाई सभ्य बनाउनका लागि आफूले वीरगन्जमा यो अभियान सुरु गरेको खरेलले बताए।
उनले प्रहरीले भेटेसम्मका सबै चुन्द्रे, मुन्द्रेहरुलाई कारबाही गर्ने र गरिरहेको पनि जानकारी दिए।
अपराध नियन्त्रणमा प्रहरीलाई सजिलो होस् भन्ने उद्देश्यले गएको हप्तादेखि यो अभियान वीरगन्ज नगरभित्र सञ्चालन गरिएको छ। रासस

कोई टिप्पणी नहीं: