२० असार भक्तपुर । एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले भदौ १४ भित्र संविधानको मस्यौदा ल्याउन नसकिने स्पष्ट पार्नुभएको छ ।
भक्तपुरमा भएको कार्यक्रममा बोल्दै सचिव गजुरेलले दलहरूको अहिलेको काम गर्ने शैलीले सहमतिको सम्भावना एकदमै न्यून हुदै गएकाले संविधानको मस्यौदा सार्वजनिक गर्ने काम संकटमा परेको बताउनुभएको हो ।
उहॉले सहमतीय सरकारको विकल्पको रुपमा कोहि कसैले दाबी गर्नसके प्रधानमन्त्री झलनाथ खनालले तत्काल राजीनामा दिन लागाउने स्पष्ट पार्नुभएको छ ।
नेता गजुरेलले माओवादी लडाकुको सेनामा सम्मानजनक समायोजन नभए जन बिद्रोह गर्ने पार्टीको लाइन कायमै रहेको स्पष्ट पार्नुभयो ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें