बुधवार, 6 जुलाई 2011

२ जना ठग पक्राउ


नेपालगन्ज, अषाढ २२ - धेरै रुपैयाँको गड्डी देखाएर सोझासाझालाई ठग्दै हिड्ने दुईजना युवा पक्राउ परेका छन् ।
बिरामी आफन्तको औषध उपचारका लागि  बांके कोहलपुर स्थित  शिक्षण अस्पताल आएका दाङ तुलसीपुरका  ६० बर्षीय बृद्धालाई कागजको गड्डीमा हजारका दुई वटा नोट तलमाथि राखि २० हजार रुपैयाँ ठगेर फरार भएका दुई जनालाई प्रहरीले  पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उदय तमाङले ठगीमा संलग्न दैलेखका प्रतापकुमार विक र डोटीका खेमराज भण्डारीलाई पक्राउ छानविन थालेको बताएका छन् ।
 हजार हजारका गड्डी मात्र भएकाले  फुटकर पैसा दिन भन्दै २० हजार लिएर फरार भएको प्रहरीले जनाएको छ ।   

कोई टिप्पणी नहीं: