रविवार, 17 अप्रैल 2011

रिडी उच्च मा. बि. को जन्म दिवस हर्स उल्लासका साथ मनाइदै


रिडी उच्च मा. बि. भवन,काशीचौर. 

      
 भोली बैशाख ५ गते रिडी उच्च मा बि को जन्म दिवस रिडीमा सदा झै हर्स उल्लासका साथ मनाइदै छ। जसमा हजुरहरु जो कोही न्युज पढ्नुहुने मानुभावहरुलाई सहभागी हुनु भै लगन शिल बिध्यार्थीहरुको मनोबल बढाउनु को साथै कार्यक्रमको सोभा बधाउनु हुन हार्दिक अनुरोध गर्दछु।   
         बिक्रम सम्बत २००६ साल श्री पञ्चमीको दिनमा गुल्मी मिडिल स्कुलको नाम बाट यो स्कुलको स्थापना भएको थियो। स्वर्गिय प्रयागलाल कक्षपतीले संस्थापन गर्नु भएको यो स्कुलको सुरुवात पाँच जना विद्यार्थी बाट गरिएको थियो । त्यो बेलामा १ देखी ५ कक्षा सम्म यहाँ पढाई हुने गर्थ्यो । जसको सन्चालन धैरेनी पौवामा गरिएको थियो। २०२० सालमा यसको नाम परिवर्तन गरी ह्रिशिकेश बिद्यालय राखिएको थियो भने २०२१ सालामा पुन यसको नाम परिवर्तन गरी रिडी हाइस्कुल राखियो। त्यस्तै २०५४ सालमा उच्च शिक्षा(११ र १२)सन्चालन हुन थालेपछी यसको नाम रिडी उच्च माबी रहन गएको हो। अहिले यहाँ ६ देखी १२ कक्षा सम्म पढाई हुने गर्छ।

कोई टिप्पणी नहीं: