रविवार, 17 अप्रैल 2011

प्रथम गुल्मी महोत्सवको तयारी अन्तिम चरणमा

बैशाख चार गते देखि एघार गते सम्म सञ्चालन हुने प्रथम गुल्मी महोत्सव तयारीको अन्ति चरणमा पुगेको छ। महोत्सवको प्रचरप्रसार गर्न स्थानीय वाषिहरुले तमघास देखि रिडि समम मोटरसाइकल रयालीसमेत निकालेका थिए। यहि वैशाख ४ गतेदेखि ११ गतेसम्म संचालन हुने प्रथम गुल्मी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। गुल्मी उद्योग वाणिज्य संघ ,जिल्ला विकास समिति गुल्मी र रेसुङ्गाक्षेत्र सरंक्षण तथा पर्यटन विकास समिति गुल्मीको आयोजनामा सञ्चालन गर्न लागिएको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको हो। महोत्सवको तयारीको क्रममा गुल्मी सदरमुकाम तम्घास वजार ध्वजा पतकाद्वारा रंगिचंगि वनेको छ। 
गुल्मी जिल्लाको समग्र विकासको आधार, धार्मिक स्थलको प्रवर्द्धन,पर्यटन कृषि उद्योग र व्यापार, भन्ने मूल नारा सहित गुल्मीमा पहिलोपटक महोत्सव आयोजना हुन लागेको हो। हाल स्थानीयवासीहरु आआफ्ना घर अगागि गेट वनाउन र ध्वजा पताका टाग्ने काममा व्यस्त देखिन्छन्। त्यस्तै महोत्सव स्थल चिदिचौरमा व्यापारिक  स्टल निमार्ण कार्य तिव्ररुपमा अगाडि वढेको छ। महोत्सवको प्रचार प्रसारका लागि सदरमुकाम तम्घासदेखि रिडीसम्म मोटरसाईकल र्याली समेत गरिएको छ। महोत्सव प्रचार―प्रसार समितका संयोजक दुर्गा प्रसाद पाण्डेयको नेतृत्वमा निस्केको र्‍याली तम्घास बजार हुदै गौडाकोट, विरवास, वलेटक्सार हुँदै रिडीसम्म पुगेको थियो। सो महोत्सवको प्रधानमन्त्रि झलनाथ खनालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

कोई टिप्पणी नहीं: