देब पचभैया पाल्पा, जेठ २२ - जिल्ला अस्पताल पाल्पाको औषधि कक्षबाट गलत औषधि वितरण भएको छ । अस्पतालका डाक्टरले प्रेसरको औषधि दिन सल्लाह दिएपनि औषधि वितरण कक्षबाट मुटुसम्बन्धी औषधि दिएर गम्भीर त्रुटी गरेको बिरामीका आफन्तले गुनासो गरेका छन् ।
अस्पतालका डा. सुरज लामिछानेले कैलाशनगर–७, तानसेन पाल्पाकी ६९ वर्षकी कुन्ता पाण्डेलाई प्रेसरको औषधि दिन भनेपनि अस्पतालको औषधि वितरण कक्षबाट मुटुसम्बन्धी रोगको औषधि वितरण गरेर गम्भीर त्रुटी गरेको पाइएको हो ।
राष्ट्रिय मानवअधिकार सरोकार केन्द्र पाल्पाले अस्पताल प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै अस्पतालमा गएकी बिरामी कुन्ता पाण्डेलाई डाक्टरले लेखेअनुसार एस एमलोड दुई दशमलब पाँच एमजीको औषधी दिनुपर्नेमा सल्बुटामोट चार एमजीको औषधि दिएको जनाएको छ ।
अस्पताल स्रोतले भने चिकित्सकले बिरामीलाई सही औषधि लेखिदिए पनि फार्मेसी (औषधि कक्ष) बाट गल्ती भएको जनाएको छ ।

फार्मेसी कक्षका सिनियर अनमी पुतली शाक्यले अस्पतालमा स्टाफको कमी हुँदा पाल्पा टेक्निकल इन्टिच्युटबाट आएका सिकारु विद्यार्थीबाट गलत औषधि वितरण भएको स्वीकार गरेका छन ।
पाल्पा अस्पतालमा मेडिकल अधिकृत डा. भास्कर हुमागाईले चिकित्सकले लेखेको औषधि सिकारु विद्यार्थीले पढ्न नजानेर गलत औषधि दिएको प्रतिक्रिया दिए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. पुरन बज्राचार्यले आफूलाई सिकारु विद्यार्थीले बिरामीलाई गलत औषधि दिएको विषयमा जानकारी नभएको र यस बारेमा अनुसन्धान गर्ने बताएका छन ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें