रविवार, 8 नवंबर 2015

संविधान संशोधनका लागि कांग्रेसले सरकारलाई दबाव दिने, संसद अवरुद्ध भने नगर्ने !

२२ कात्तिक, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधन विधेयक तत्काल पारित गर्न सरकारलाई संसदमा दबाव दिने निर्णय गरेको छ । तर, पार्टीका मधेस केन्द्रीत सांसदहरुले माग गरे जस्तो आइतबार नै व्यवस्थापिका संसदको बैठक भने अवरुद्ध नगर्ने भएको छ । कांग्रेस संसदीय दलको आइतबार विहान बसेको बैठकले केन्द्रीय समितिको निर्णय अनुसार नै संविधान संशोधन विधेयक तत्काल पारित गर्न सरकारलाई दबाव दिने निर्णय गरेको छ ।
नेताहरुका अनुसार आइतबारको संसद बैठकमा कार्यबाहक सभापति राममचन्द्र पौडेलले पार्टीको धारणा राख्नेछन् । तर, अहिले नै संसद बैठक भने अवरुद्ध नगर्ने कांग्रेस सांसद जीवन परियारले अनलाइनखबरलाई बताए । ‘कांग्रेस नेतृत्वको अघिल्लो सरकारले संविधान संशोधन र प्राधिकरण गठनसम्वन्धी विधेयक संसदमा दर्ता गरेको थियो । त्यसलाई अघि बढाउन सरकारलाई दबाव दिन्छौं’ उनले भने । बैठकमा तराई मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले भने मधेस आन्दोलनलाई सम्बोधन गर्न सरकारलाई दबाव दिन रोष्टम घेर्नु पर्ने माग गरेका थिए । ‘हामी दसैंमा जान सकेनौं । अब तिहार र छठमा पनि मधेसमा जान सक्ने अवस्था छैन’ सांसद रामकृष्ण यादवले भने-मधेस आन्देालनलाई सम्बोधन गर्न दबावका लागि आजैबाट रोष्टम घेर्नु पर्छ भन्ने हाम्रो धारणा थियो ।’
तर, सरकार गठन भर्खर भएकाले अहिले नै संसद अवरुद्ध नगर्ने निर्णय भएको नेताहरुले बताए। 

कोई टिप्पणी नहीं: