सोमवार, 9 नवंबर 2015

नाकाबन्दीले अाैषधी हाहाकार, निगमको जहाजबाट बोक्ने तयारी !

२३ कात्तिक, काठमाडौं । भारतीय नाकाबन्दीका कारण औषधिको चरम अभाव भएपछि सरकारले राष्ट्रिय ध्वाजाबाहक नेपाल वायुसेवा निगममार्फत औषधि आपूर्ति गर्ने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले औषधिको अभावका कारण मानवीय संकट निम्तिन लागेको भन्दै पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय समक्ष यस्तो प्रस्ताव गरेको हो । निगममार्फत औषधि आपूर्ति गर्ने विषयमा छलफल अघि बढेको पर्यटन मन्त्रालयका सह-प्रवक्ता प्रमोद नेपालले अनलाइनखबरलाई जानकारी दिए ।
Nepal_Airlines Drugsस्वास्थ्य मन्त्रालयले सरकारी स्वास्थ्य संस्थाबाट वितरण हुने औषधि तथा स्वास्थ्य संस्थामा प्रयोग हुने अत्यावश्यक सामग्री नेपाल एरयरलाइन्सका बिमानमार्फत ल्याउन प्रस्ताव गरेको हो । त्यस विषयमा एक-दुइ दिन भित्रै निर्णय हुने नेपालले बताए । स्वास्थ्य मन्त्रालयले औषधिको परिमाण एकीन नगरेपनि अत्यावश्यक सामग्री आपूर्तिको लागि नेपाल एयरलाइन्सलाई जिम्मा दिने तयारी गरेको हो । नेपाल एयरलाइन्सले अहिले भारतको कोलकत्ताबाट हवाइ इन्धनको आपूर्ति गरिरहेको छ । भारतबाट स्थलमार्ग हुँदै औषधि नेपाल भित्रिन नसकेपछि बजारमा औषधिको अभाव चर्किएको छ । सरकारी स्वास्थ्य संस्थामा पनि औषधि तथा औषधिजन्य सामग्रीको चरम अभाव भएको छ । अभाव चर्कँदै गएपछि सरकारले औषधि खरिद गरेर नेपाल एरयरलाइन्सको बिमानमार्फत आपूर्तिको व्यवस्था मिलाउन लागेको हो ।  

कोई टिप्पणी नहीं: