सोमवार, 9 नवंबर 2015

एमालेभित्रै अर्थमन्त्रीप्रति कटाक्ष : “अर्थमन्त्री अर्थशास्त्र होइन नोटशास्त्रका विज्ञ”

काठमाडौं कार्तिक २३। अर्थशास्त्रका ज्ञान नभएका नेतालाई अर्थमन्त्री बनाएपछि एमालेमा तीव्र अन्तरविरोध सुरु भएको छ । शैक्षिक रुपमा एसएलसी उत्तीर्ण नगरेका उपमहासचिव पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री बनाएपछि माधव नेपाल समूहले तीव्र असन्तुष्टि जनाएको छ ।
एमालेभित्रै अर्थमन्त्रीप्रति कटाक्ष : “अर्थमन्त्री अर्थशास्त्र होइन नोटशास्त्रका विज्ञ”भूकम्प र नाकाबन्दीको कारण मुलुकको अर्थतन्त्र धराशयी भएको बेला विज्ञता नभएका नेतालाई मन्त्री बनाएको भन्दै नेता नेपाल समूहले तीव्र विरोध गरेको छ । विश्व समुदाय र दाताहरुसँग सहयोगका लागि लबिङ गर्ने बेला अंग्रेजी भाषामा सामान्य ज्ञानसमेत नभएका मन्त्रीलाई अर्थमन्त्री बनाएपछि समस्या हुने नेपाल समूहको दाबी छ । ‘अर्थ मन्त्रालयमा सामान्य पत्रहरु पनि अंग्रेजी भाषामा आउँछन्, अंग्रेजीको सामान्य ज्ञानसमेत नभएका मन्त्रीले काम गर्नसक्छ ?’ एक एमाले नेताले भने, ‘अर्थमन्त्रीले विश्व बैंकलगायत विदेशी दाताहरुसँग मसिनो गरी लबिङ गर्नुपर्छ । त्यो उहाँबाट सम्भव छैन ।’ पौडेललाई अर्थमन्त्री बनाएपछि एमालेभित्र नोटशास्त्रको चर्चा सुरु भएको छ । ‘विष्णु पौडेल अर्थशास्त्र होइन नोटशास्त्रका अनुभवी हुन्, उनको योग्यता त्यति मात्रै हो’, एक एमाले नेताले भने । त्यसो त उनलाई एमालेमा अग्रवाल नेता भनेर आलोचना समेत हुने गरेको छ । उनी प्रधानमन्त्री ओली र उपाध्यक्ष वामदेव गौतमका आर्थिक साझेदार पनि हुन् । पौडेल एमालेमा आर्थिक रुपमा निकै चासो राख्ने नेता मानिन्छन् ।

कोई टिप्पणी नहीं: