शनिवार, 7 नवंबर 2015

भारतभन्दा नेपाल समृद्ध !

Nepali youth protest against Indian interface (18)२१ कात्तिक, काठमाडौं । सन् २०१५ को विश्व समृद्धि सूचकांकका अनुसार भारतभन्दा नेपाल समृद्ध देखिएको छ । बेलायतको लेगाटम इन्स्टिच्यूटले हालै सार्वजनिक गरेको लेगाटन समृद्धि सूचकमा सेटिएका एक सय ४२ मुलुकमध्ये नेपाल ८९ औ स्थानमा छ । भारत नेपालभन्दा १० स्थान तल ९९ औ स्थानमा छ । सम्पत्ति र जनकल्याणसम्बन्धी विभिन्न आधारमा समृद्धि सूचक हरेक वर्ष प्रकाशित हुँदै आएको नयाँ पत्रिकामा खबर छ । नेपाल अघिल्लो वर्षको भन्दा सात स्थान माथि उक्लँदै ८९ औ स्थान ओगट्न सफल भएको हो । समृद्धि सूचकका अनुसार दक्षिण एसियामा नेपाल श्रीलंकापछिकै दोस्रो समृद्ध मुलुक हो । नेपालभन्दा माथि रहेको श्रीलंका ६१ औ स्थानमा छ । भारत ९९ औ, बंगलादेश १०३ औ, पाकिस्तान १३० औ र अफगानिस्तान १४१ औ स्थानमा छ ।  

कोई टिप्पणी नहीं: