शनिवार, 7 नवंबर 2015

संगीतकार अमर गुरुङलाई मासिक ३० हजार !

काठमान्डु, कार्तिक २१ - संस्कति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले संगीतकार अमर गुरुङलाई मासिक ३० हजार दिने दिने भएको छ । एमालेको कोटाबाट मन्त्री भएका आनन्द पोखरेलले पदभार सम्हाले लगत्तै गुरुङलाई खर्च निर्वाहका लागि उक्त रकम दिने निर्णय गरेका हुन् । ब्याकुल माइलाले रचना गरेको गीतमा गुरुङले संगित दिएका हुन् ।
'नेपाली संगीत क्षेत्रमा योग्दान पुर्‍याएका व्यक्तिलाई उपचार खर्च नपाएर छटपटाउन नपरोस भनेर निर्वाह खर्च दिन लागेको हो,' मन्त्री पोखरेलले भने, 'स्रष्टाको सम्मान गर्न सरकारले कुन कसर बाकी राख्दैन । यो सुरुवात गुरुङबाट गरेका छौं ।' उनी आठ बर्ष अघि देखि 'पार्किनसन' रोगबाट थलिएका छन् । हातखुटटा राम्ररी चलाउन सक्दैनन । ७९ बषिर्य गुरुङ नारायणस्थान स्थित कोठा भाडामा लिएर बस्छन् । 'सरकारले मासिक सहयोग गर्ने भएपछि उपचार र घर खर्चको समस्या नहुने भयो,' उनले भने, 'उ बेलाको महेनतको कदर गरेकोमा धन्यवाद ।' गत बर्ष मंसिर ६ मा बसेको मन्त्री परिषदको बैठकले ब्याकुल माइलालाई आजिवन भत्ता स्वरुप मासिक २५ हजार रुपैया दिने निर्णय गरिसकेको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको पूर्व कुलपति समेत रहेका गुरुङलाई आधुनिक नेपाली संगितको विज्ञको रुपमा लिइन्छ । दार्जलिङका उहाँ पञ्चायत कालमा राजा महेन्द्रको अनुरोधमा नेपाल आएका हुन् । 

कोई टिप्पणी नहीं: