बुधवार, 11 नवंबर 2015

लघुवित्त संस्थालाई ग्राहक संरक्षण कोष स्थापना गर्न राष्ट्र बैंकको निर्देशन

२५ कात्तिक, काठमाडौं । लघुवित्त संस्थाहरुलाई  ग्राहकको हितका लागि ग्राहक संरक्षण कोष खडा गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।
NRB-Photoऋणीको हितका लागि यस्तो कोष खडा गर्नु परेको राष्ट्र बैंकले जनाएको छ । जसअनुसार कोषमा खुद नाफाको १ प्रतिशत र २० प्रतिशतभन्दा बढी बोनस वा नगद लाभांसको वितरण प्रस्ताब गरेका प्रस्तावित लाभांसको २५ प्रतिशत राख्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।
‘ग्राहक संरक्षण कोषको रकम ऋणीहरुको सामुहिक हित हुने काम गर्न, समस्यामा परेका व्यवसायीको सुरक्षण एवं पुनस्थापना गर्न तथा ग्राहकहरुको शिक्षा तथा क्षमता विकासमा उपयोग हुनेगरी खर्च गर्नुपर्ने छ ।’ राष्ट्र बैंकद्वारा मंगलबार जारीे परिपत्रमा भनिएको छ । कोष खडा गर्नका लागि संस्थाहरुलु छुट्टै कार्यविधि तयार गरी राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्ने छ । कोषमा जम्मा भएको रकम पुँजीकोष गणना प्रयोजनको लागि पूरक पुँजीमा गणना गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । 

कोई टिप्पणी नहीं: