बुधवार, 11 नवंबर 2015

थारु आन्दोलनकारीद्वारा मंसिर ५ देखि अनिश्चितकालीन आम हडतालको घोषणा

कार्तिक २५ - थरुहट थारुवान संयुक्त संघर्ष समितिले अनिश्चितकालीन आम हडतालसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । समितिले पत्रकार सम्मेलन गरेर आगामी मंसिर ५ गतेबाट पूर्व मेचीदेखि महाकालीसम्म राजमार्ग ठप्प पार्ने बताएको छ ।
थारु आन्दोलनकारीद्वारा मंसिर ५ देखि अनिश्चितकालीन आम हडतालको घोषणाआन्दोलनकारी मोर्चामा सत्तारुढ एकीकृत नेकपा माओवादी र फोरम लोकतान्त्रिकका सांसद तथा थारु नेताहरु समेत छन् । घोषित अन्य आन्दोलनका कार्यक्रममा मंसिर ७ र ११ गते थारु पहिचान र अधिकारविरोधी संविधानका धारा चलाउने, संसदमा संघर्षलाई जारी राख्ने, केन्द्रीय टोलीसहित मोची काली जागरण र विरोध सभा चलाउने तथा मुद्दा मिल्ने पक्षसँग कार्यगत एकता गर्ने लगायत छन् ।
पत्रकार सम्मेलनमा संघर्ष समितिका प्रवक्ता एवं एमाओवादी सांसद अमनलाल मोदीले आफूहरुको मुद्दा विशुद्ध थारुको भएकाले यसलाई मधेसीको एजेण्डासँग जोडेर कुण्ठित पार्न नहुने बताए । आफूहरु समग्र मधेसमा तीन प्रदेशको पक्षमा रहेको भन्दै मोदीले नवलपरासीदेखि कञ्चनपुरसम्म एउटा, सुनसरी, मोरङ्ग, झापा, सिरहा, सप्तरी र उदयपुरको एक र बाँकी तराईमा अर्को प्रदेश गरी तीन प्रदेश हुनुपर्ने बताए । राज्यले आफूहरुको जायज माग नसुने मुद्दा मिल्ने पक्षहरुसँग सहकार्य गर्दै आन्दोलनलाई अझै कडा पार्ने चेतावनी दिए ।

संघर्ष समितिका अध्यक्ष धनिराम चौधरीले भने मधेसी मोर्चाको दुई प्रदेशको मागमा पनि आफूहरुको विमति नरहेको बताए । आफूहरुले आन्दोलन गरेको तीन महिना पूरा हुँदा समेत आफूहरुको मागमा राज्य गम्भीर नभएका भन्दै उनले जनतालाई दुःख हुने भए पनि आन्दोलन गर्न बाध्य भएको दाबी गरे ।
थारुवान डटकम 

कोई टिप्पणी नहीं: