सोमवार, 2 नवंबर 2015

पतिले सौता ल्याएपछि दाम्लोमा बाँधिएर देवताको शरणमा !

१६ कात्तिक, मुगु । तीन बच्चका बाबुले आफूलाई धोका दिएर सौता ल्याएपछि मुगुकी एक महिला न्याय माग्दै देवताको शरणमा पुगेकी छन् ।
Muguरारा गाविस-१ गिलाहा गाउँकी २४ वर्षीया करुणा बमका पति नार्थबु गाविस ३ जबलधारा निवासी २७ वर्षीया जयराज शाहीलाई ६ वर्षअघि करुणाका बाबुआमाले घरज्वाइँका रुपमा भित्राएका थिए । तीन बच्चाका बाबु जयराजले कालै गाविस ६ जोगीबाडाकी नानीभाउ बिटालुलाल्ई गत जेठमा भगाएका थिए । पतिले युवती भगाएपछि आफूलाई विश्वासघात गरेको भन्दै करुण नाबालक सन्तान, बुढा बाबु र आफ्नो घाँटीमा दाम्लो बाँधेर भगवानको शरणमा पुगेकी अन्नपूर्ण पोष्टमा खबर छ । आफूमाथि सौता ल्याएपछि सम्बन्ध बिच्छेद र मानाचामल भराइदिन माग गर्दै पीडितले ०७२ साउन २९ गते जिल्ला अदालतमा मुद्दा पनि दर्ता गरेकी छन् । अदालती प्रक्रिया ढिलो हुने भन्दै उनी कोजाग्रत पूणिर्माका दिन रारा गाविस १ स्थित आफूले मान्ने गरेको कुल देवता बिजयीको मन्दिरमा पुगेको छिमेकी धर्मराज शाहीले बताए ।  

कोई टिप्पणी नहीं: