रविवार, 8 नवंबर 2015

नेपालविरुद्ध पाकिस्तानी राष्ट्रिय क्रिकेटरहरु उत्रिँदै!

२२ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय टोलीले टेस्ट वरियतामा दोस्रो स्थानमा रहेको मुलुक पाकिस्तानको टोलीसँग आज भिडन्त गर्दैछ । पाकिस्तानको राष्ट्रिय टोलीबाट खेल्दै आएका अनुभवि क्रिकेटरहरुसित भिड्ने मौका नेपालका लागि अभुतपूर्व हो ।
Nepal-and-Pakistanसंयुक्त अरब इमरेट्सको आवधावीस्थित शेख जायद रंगशालामा एक घन्टापछि ५० ओभरको खेल सुरु हुँदैछ । ईंग्ल्याण्डसितको टेस्ट तथा एकदिवसीय श्रृंखलाका लागि पाकिस्तानी टोली यूएईमा छ । तीन म्याचको टेस्ट श्रृंखला पाकिस्तानले २-० ले कब्जा गरेको थियो । चार म्याचको एक दिवसीय श्रृंखला बुधबारदेखि सुरु हुनेछ । टेस्ट र एकदिवसीय श्रृंखलाको बीचमा नेपालले पाकिस्तानी टोलीसँग भिड्ने अवसर पाएको हो । यस म्याचलाई पाकिस्तानले ईंग्ल्याण्डसितको एकदिवसीयका लागि र नेपालले विश्व क्रिकेट लिगका लागि अभ्यास खेलका रुपमा लिएका छन् । एशियन क्रिकेट काउन्सिलले एशोसियट्स राष्ट्र नेपालका लागि टेस्ट वरियताको शक्तिशाली टिमविरुद्ध खेल्ने मौका जुराइदिएको हो ।

 पाकिस्तानको राष्ट्रिय टिम नभनिए तापनि ईंग्ल्याण्डसितको श्रृंखलाका लागि टोलीमा परेका खेलाडीहरुले नै नेपालविरुद्ध खेल्नेछन् । पाकिस्तानको टोलीमा रहेका १६ सदस्यमध्ये अन्तिम ११ मा को-को हुन्छन् भन्ने चाहिँ खेल अघि मात्रै थाहा हुनेछ । आबुधावीको पिच विशेषगरी स्पिनरहरुलाई मद्दत गर्ने भएकाले नेपालले बलिङमा राम्रो प्रदर्शन गर्ने आशा गरिएको छ । बसन्त रेग्मी र शक्ति गौचन नेपालका मुख्य हतियारका रुपमा रहने छन् । विश्व वरियताको दोस्रो स्थानमा रहेका पाकिस्तानी स्पिनर यासिर शाहलाई नेपाली ब्याट्सम्यानहरुले कसरी सामना गर्छन् भन्ने हेर्नलायक हुनेछ ।
नेपालका खेलाडी महबुब आलम, बिक्रम सोब, नरेश बुढाऐर, महेश क्षेत्री, शक्ति गौचन, इरशाद अहमद, करण केसी, पारस खड्का, सुवास खकुरेल, ज्ञानेन्द्र मल्ल, अनिल मण्डल, बसन्त रेग्मी, सागर पुन, सोमपाल कामी, सरद भेषवाकर
 पाकिस्तानी खेलाडी अहमद सेहजाद, अनवर अलि, अजहर अलि, बबर आजम, बिलाल आसिफ, मोहम्मद हाफिज, मोहम्मद इरफान, मोहम्मद रिजवान, राहत अलि, सरफराज अहमद, सोएब मलिक, वाहब रियाज, यासिर शाह, युनिस खन, जाफर गोहर, अमेर यामिन  

कोई टिप्पणी नहीं: