रविवार, 8 नवंबर 2015

बिराट पेट्रोलियम पछि हट्यो !

२२ कात्तिक, काठमाडौं । इन्धन आपूर्तिका लागि नेपाल आयल निगमले दिएको अनुमति विवादित बनेपछि बिराट पेट्रोलियम पछि हटेको छ । इन्धन ल्याउन बिराटलाई दिने र त्यस वापत २० करोड अगि्रम भुत्तानी दिने आयल निगमको निर्णय विवादित बनेको थियो । यसबारे संसदीय समितिले समेत छानविन थालिसकेको छ ।
आयल निगमको निर्णय विवादित बनेपछि बिराट पेट्रोलियमले सम्झौता भंग गरेको घोषणा गरेको छ । सार्वजनिक सूचना निकालेर उसले भनेको छ-हामी आयल निगमसँग भएको सम्झौता खारेज गरी यो कार्यबाट अलग भएका छौं ।’
संसदीय समितिले नै छानविन थालेपछि आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले नै बिराटलाई एकतर्फी रुपमा सम्झौता खारेज गर्न दबाव दिएको स्रोतले जनाएको छ । डिजेल प्रतिलिटर १ सय ७८ र पेट्रोल १ सय ९९ रुपैयाँमा दिने गरी बिराट पेट्रोलियमले गरेको प्रस्ताव कार्यकारी निर्देशक खड्काको दबावमा स्विकृत भएपछि विवाद चर्किएको थियो । खड्कामाथि अनियमित रुपमा बिराटलाई इन्धन आपूर्तिको अनुमति दिएको आरोप लाग्दै आएको छ ।
उनले संसदीय समितिमा नै उपस्थित भएर अभावका बेला कानून मिचेर भएपनि तेल ल्याउने बताएका थिए ।
बिराट पेट्रोलियमको घोषणापछि इन्धन आपूर्तिको घसम्झौता तोडिने आयल निगमका अधिकारीहरु बताउँछन् । तर, बिराट पेट्रोलियमले आफ्नै च्यानलबाट इन्धन आपूर्ति गर्ने प्रयास भने जारी रहने बताएको छ ।

विराट पेट्रोले जारी गरेको विज्ञप्ति 
birat petrolium

कोई टिप्पणी नहीं: