रविवार, 22 नवंबर 2015

देश संकटमा छ, सरकारलाई हनिमुन मनाउन दिन्नौंः कांग्रेस !

६ मंसिर, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वको सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव अघि नबढाए संसद बैठक अवरुद्ध गर्ने संकेत दिएको छ । कांग्रेस नेतृत्वले शनिबार तराई मधेसबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुसँग छलफल गरेका थिए । छलफलमा अधिकांश सांसदले तीन महिनाभन्दा बढी समयदेखि तराई मधेसमा आन्दोलन भएपनि समस्या समाधानप्रति वर्तमान सरकार गम्भीर नदेखिएको आरोप लगाएका छन् ।
पार्टी नेतृत्वको सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव तत्काल अघि बढाउनु पर्ने उनीहरुको माग छ । कांग्रेसले केन्द्रीय समितिबाटै विधेयक अघि बढाउन दबाव दिने निर्णय गरिसकेको भन्दै उनीहरुले आइतबारको संसद बैठक अवरुद्ध गर्नु पर्ने माग गरेका छन् । कांग्रेस सभासद रामकृष्ण यादवले भने-‘भोलि विहान ९ बजे संसदीय दलको बैठक बोलाइएको छ । यदि विधेयक अघि बढाएन भने संसदीय प्रक्रियामा रहेर दबावमुलक कार्यक्रम गर्छौं ।’ तराई मधेसबाट प्रतिनिििधत्व गर्ने कांग्रेसका सांसदहरुले तराई मधेसमा आन्दोलन अझ सशक्त बनेको र देश नै प्रभावित भएको भन्दै हनिमुल डेका नाममा सरकारलाई १०० दिन दिन नसकिने बताएका छन् । सांसद यादवले भने-‘घरमा आलो लागेको बेला, देश संकटको बेला हनिमुन डेका नाममा सरकारलाई एक सय दिन दिन सकिँदैन । पार्टीले समस्या समाधानका लागि दबाव दिनुपर्छ ।’
संसदीय अभ्यासमा सामान्य अस्वथामा १०० दिनलाई सरकारको हनिमुन डेका रुपमा लिइन्छ र प्रतिपक्षले यो अवधिमा सरकारको विरोध गर्ने गर्दैछन् । सांसद दिनेशकुमार परसैला यादवका अनुसार संविधान संशोधन प्रक्रिया अघि नबढे आइतबार सांकेतिक रुपमा विरोध गर्ने र अर्को दिनबाट रोष्टम घेराउ गर्ने अनलाइनखबरलाई बताए ।
सीमाकंनमा लचिलो हुन नेतृत्वलाई दबाव
तराई मधेसबाट प्रतिनिधित्व गर्ने कांग्रेसका सांसदहरुले सीमांकनमा लचिलो हुन नेतृत्वलाई दबाव दिएका छन् । पार्टीका नेताहरुले सीमांकनमा तलमाथि हुँदैन भनेर दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् । सांसद यादवले भने-‘सीमांकनमा पार्टी लचिलो हुनुपर्छ भनेर हामीले भनेका छौं ।’ सांसद यादवले सीमांकन हेरफेर गर्न पार्टी नेतृत्व लचिलो देखिएको बताए ।

कोई टिप्पणी नहीं: