रविवार, 22 नवंबर 2015

कुलेखानीको जलाशयमाथि २५ मेगावाटको सोलार

Solar-Panels६ मंसिर, काठमाडौं । नेपालकै एक मात्र जलाशययुक्त कुलेखानी जलविद्युत आयोजनाको तालमाथि सौर्य उर्जा (सोलार) उत्पादन गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणले उर्जा संकट न्यूनीकरणका लागि भन्दै कुलेखानी जलाशयमाथि सोलार निर्माण गर्ने भएको हो । विदेशमा धेरै मुलुकमा जलाशययुक्त आयोजनामाथि सोलार बनाए पनि नेपालमा भने पहिलो पटक बनाउन लागिएको राजधानी दैनिकमा खबर छ ।
२५ मेगावाटको सोलारको लागत तीन करोड ५० लाख डलर लाग्ने प्राधिकरणका ग्राहक तथा वितरण सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेले जानकारी दिए । 

कोई टिप्पणी नहीं: