शुक्रवार, 6 नवंबर 2015

मधेसको जायज माग पूरा गर्न काठमाडौंको साथ चाहियो : कर्ण

भक्तपुर, २० कात्तिक । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले मधेसको आन्दोलनमा भारतको समर्थन नरहेको जिकिर गरेका छन् । रफत सञ्चार क्लबले कार्तिक १९ गते आयोजना गरेको अन्तर्रि कया कार्यक्रममा उनले मधेस आन्दोलनमा उठाइएका जायज माग सम्बोधन भएमा तराई आन्दोलन रोकिने बताए । कर्णले भने– “मधेसको जायज माग पूरा गरे आन्दोलन रोकिन्छ तर सरकारले अटेर गर्‍यो । तराईको माग सम्बोधन गर्न काठमाडौँको जनताले साथ दिए आन्दोलन रोकिन्छ ।” उनले मधेसमा आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई १० लाख दिने घोषणा गरे पनि सरकारले अझै नदिएको गुनासो पनि गरे । रासस

कोई टिप्पणी नहीं: