शुक्रवार, 6 नवंबर 2015

सीमा क्षेत्रमा जारी अस्थिरताका कारण मानवीय सङ्कट आउन सक्छ : अमेरिका

काठमाडौँ, २० कात्तिक । संयुक्त राज्य अमेरिकाले नेपाल–भारत सीमामा बढ्दो क्रममा रहेको अस्थिर अवस्थाप्रति चिन्ता व्यक्त गरेको छ । यहाँस्थित अमेरिकी दूतावासले आज प्रेस विज्ञप्ति जारी गरी नेपालीको जनजीवन जोखिममा रहेको र अस्थिरताका कारण मानवीय सङ्कट आउने सम्भावनाप्रति चिन्ता व्यक्त गरेको हो । वैशाखको भूकम्पका कारण प्रभावित क्षेत्रलगायतमा इन्धन, औषधि र खाद्यपदार्थको गम्भीर अभाव सिर्जना भएको समेत दूतावासले उल्लेख गरेको छ ।
अमेरिकी दूतावासले आज प्रेस विज्ञप्ति जारी गरी नेपालीको जनजीवन जोखिममा रहेको र अस्थिरताका कारण मानवीय सङ्कट आउने सम्भावनाप्रति चिन्ता व्यक्त गरेको हो ।
सीमामा देखिएको अस्थिर अवस्थाका कारण अन्तर्राष्ट्रिय समुदायले जोखिमयुक्त समुदायमा महत्वपूर्ण राहत तथा आवास सामग्री पुर्‍याउन नसकेको, जनजीवन जोखिमपूर्ण अवस्थामा रहेको पनि दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । “अमेरिकी सरकार सीमामा देखिएको सङ्कट समाधान गर्न हिउँद सुरु हुनु केही साता अगावै सम्बन्धित पक्षलाई आफ्ना प्रयत्न पुनः दोब्बर बनाउन आह्वान गर्दछ”–विज्ञप्तिमा भनिएको छ । अमेरिकी सरकार नेपाली जनतालाई सहयोग गर्न तयार रहेको उल्लेख गर्दै विज्ञप्तिमा नेपालीका आकाङ्क्षालाई संविधानले समेट्न अर्थपूर्ण राजनीतिक संवादको सकारात्मक वातावरण बनाउने कार्यमा सबैले योगदान गर्नुपर्नेमा अमेरिकाले जोड दिएको छ । नेपाल सरकार, नेपाली जनता आफ्नो लोकतान्त्रिक मार्गमा अगाडि बढिरहेको र वैशाखको भूकम्पपछि पुनःनिर्माणमा जुटेकामा अमेरिकाले उनीहरुलाई सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । रासस

कोई टिप्पणी नहीं: