शुक्रवार, 6 नवंबर 2015

म नै विश्वको उत्कृष्ट फुटबलर हुँ: रोनाल्डो !

२० कात्तिक, काठमाडौं । क्रिष्टियानो रोनाल्डोले आफू नै अहिलेको उत्कृष्ट फुटबलर भएको दाबी गरेका छन् । साथै उनले खेलको तुलना गर्ने हो भने आफू अहिलेसम्मकै उत्कृष्ट भएको समेत बताए । पोर्चुगलका ३० वर्षीय रोनाल्डोले तीन पटक फुटबलर अफ दि इयरको उपाधि जितेका छन् । साथै उनी रियल मड्रिडका सर्वाधिक गोलकर्ता हुन् । उनले ३२६ गोल गरेका छन् ।
Ronaldoबीबीसीलाई दिएको अन्तरवार्तामा रोनाल्डोले आफू त्यो लेभलमा पुगेको, जहाँ सुधार्न सहज नहुने बताए । उनले भने–‘म फुटबलको इतिहास हुँ, म लेजेन्ड हुँ भनेर मैले भन्नै पर्दैन । नम्बरले सबै कुरा भन्छ ।’ रोनाल्डो २००९ मा म्यानचेष्टर युनाइटेडबाट ८० मिलियन पाउण्डमा रियल मड्रिडमा गएका थिए । उनले आफू पछिल्लो आठ वर्षमा अविश्वसनीय लेभलमा पुगेको र अझै ५/६ सिजन खेल्ने योजना रहेको बताए । ‘अब सुधार गर्न निकै गाह्रो छ । म यसलाई कायमै राखन चाहन्छु किनकी मलाई लाग्छ यो नै फुटबलको सबैभन्दा कठिन पक्ष हो’ उनले भने । रोनाल्डोलाई बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेस्सीसँगको तुलानाबारे सोधिएको थियो । मेस्सी चार पटकका वल्र्ड प्लेयर अफ दि इयर हुन् र उनले ४९२ खेलमा ४१८ गोल गरेका छन् । रोनाल्डोले भने–‘यो मत हो । म त्यो मतलाई सम्मान गर्छु । शायद तपाईको विचारमा मेस्सी म भन्दा उत्कृष्ट छ । तर, मेरो दिमागमा उ भन्दा म उत्कष्ट छु ।’ 

कोई टिप्पणी नहीं: