शुक्रवार, 6 नवंबर 2015

भारतले नेपालसँग माग्यो वीरगञ्ज घटनाको अनुसन्धान रिपोर्ट !

कात्तिक २० काठमाडौं । भारतले आफ्ना नागरिकको मृत्यु भएको वीरगञ्ज घटनाबारे अनुसन्धान रिपोर्ट नेपाल सरकारसँग मागेको छ । साथै मृतकले प्रहरीलाई ढुंगा हानेको भनेर आएको भिडियोबारे पनि अनुसन्धान हुने उसले बताएको छ । सोमबार वीरगञ्जमा भएको झडपमा प्रहरीको गोली लागी भारतीय नागरिक अशिष रामको मृत्यु भएको थियो । प्रहरी र स्थानीय प्रशासनले प्रहरी चौकीमा भएको आगजनी र ढुंगामुढाका क्रममा जवाफी कारवाही गर्दा रामको मृत्यु भएको बताउँदै आएको छ ।
Vikas-Swarup तर, मधेसी मोर्चा र मृतकका आफन्तले भने मामा घरमा आएको र आन्दोलन गर्ने क्रममा गोली लागेको बताएको छ । तर, प्रहरीलाई ढुंगा हान्दै गरेको अवस्थामा गोली लागेको भिडियो फुटेजसमेत सार्वजनिक भएको छ । भिडियो फुटेजबारे सोधिएको प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले भने- ‘हाम्रो नेपालस्थित दूतावासले नेपाल सरकारसँग अनुसन्धान रिपोर्ट मागेको छ, त्यो नआउँदासम्म पर्खौं, । भिडियो पनि अनुसन्धानको भाग हुनसक्छ ।’ भारतीय विदेश मन्त्रालयका नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्तास्वरुपले नेपालको अहिलेको समस्या राजनीतिक भएको र त्यसको समाधान राजनीतिकरुपमा नै खोज्नुपर्ने दोहोर्‍याएका छन् ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदमा नेपालले नाकाबन्दीको कुरा उठाएकाले अब दुईको देशको विषय अन्तराष्ट्रियकरण भएको र भारतको धारणामा कुनै परिर्वतन भएको हो भन्ने प्रश्नमा प्रवक्ताले अस्वीकार गरे । भारतले कुनै नाकाबन्दी नगरेको भन्दै उनले आफ्नो तर्फबाट सवारी साधनहरु पठाउन पहल भइरहेको बताए । विदेश मन्त्रालयका प्रवक्ता स्वरुपले नेपालका प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणबारे कुनै प्रगति नभएको बताए । प्रधानमन्त्रीमा निर्वाचित भएपछि आफ्नो राजदूतसँगको भेटमा ओलीले भारत भ्रमणको इच्छा देखाएको तर, यसमा कुनै ठोस प्रगति नभएको उनले बताए । 

कोई टिप्पणी नहीं: