शुक्रवार, 20 नवंबर 2015

४ दिन निजी सवारीलाई तेल बाँडिने, कार र मोटरसाइकलले छुट्टाछुट्टै दिन तेल भर्न पाउने !

४ मंसिर, काठमाडौं । नेपाल आयल निगमले एकसाता भित्र काठमाडौंका निजी सवारीलाई पनि तेल वितरण गर्ने भएको छ । चीनबाट ल्याएको अनुदानको पेट्रोलका कारण थानकोट डिपोमा मौज्दात बढेपछि तेल वितरणको तयारी गरिएको आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले जानकारी दिए ।
तेल वितरणको लागि गृहकार्य भइरहेकोले मिति तय हुन बाँकी रहेको खड्काको भनाइ छ । यसपटक लगातार ४ दिन पेट्रोल बाँड्ने तयारी गरिएको छ । यसअघि निजी सवारीलाई वितरण गर्दा अव्यवस्थित लाइनका कारण सबैले तेल नपाएकाले यसपटक ४ दिन तेल बाँड्न लागिएको हो । यसपटक मोटरसाइकल र कार/जीप छुट्टाछुट्टै दिनमा तेल वितरण गरिने खड्काले बताए ।
यस्तै एक दिन स्कुल/कलेज लगायत महत्वपूर्ण ढुवानीका साधनलाई पनि तेल वितरण गर्ने निगमको योजना छ । निगमले दसैं र तिहार अघि दुईपटक निजी सवारीलाई तेल वितरण गरेको थियो । भारतीय नाकाबन्दीपछि सरकारले निजी सवारीलाई तेल दिन बन्द गरेको थियो । 

कोई टिप्पणी नहीं: