शुक्रवार, 20 नवंबर 2015

भारतीय औषधी कम्पनीद्वारा प्रधानमन्त्री राहत कोषमा आधा करोड बढी रकम हस्तान्तरण

४ मंसिर, काठमाडौं । भारतको भ्याक्सिन र औषधि उत्पादन गर्ने कम्पनी सनोफीले प्रधानमन्त्री दैबी प्रकोप उद्धार राहत कोषमा ५२ लाख ८७ हजार १ सय ४२ रुपियाँ हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार सो कम्पनीका तर्फबाट प्रधानमन्त्री केपी ओलीलाई राहत वापतको चेक हस्तान्तरण गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यसअघि सो कम्पनीले भूकम्प पीडितका लागि नेपाल सरकारलाई करिब साढे ७ करोड रुपियाँ बराबरको औषधि र अन्य सहयोग गरेको थियो ।

Pm-office प्रधानमन्त्री ओलीले चेक बुझ्दैन भूकम्प पीडित नेपाली जनताको सहयोगका लागि कम्पनीले गरेको आर्थिक सहयोग र सहानुभूतिको प्रशंसा गरे । ओलीले सिमामा नाकबन्दीका कारण औषधि जस्ता अत्यावश्यक बस्तुहरु रोकिएका र इन्धन अभावले नेपालीहरुले विभिन्न खालका समस्या बेहोरिरहेको बेला कम्पनीको सहयोग र सदभावले आफ्नो मन छोएको बताएका थिए । प्रधानमन्त्रीले हडताल, बन्द र नाकाबन्दीका कारण स्वास्थ्य संस्था र विरामीहरु, एम्बुलेन्सहरु, विद्यालय र स-साना विधार्थीहरु समेत गम्भीर मर्कामा परेको उल्लेख बताए ।

कोई टिप्पणी नहीं: