रविवार, 22 नवंबर 2015

आज हरीबोधनी एकादशी, ऋशीकेश उत्सवको पहिलो दिन।

रूरू नेटवर्क रिडी, मंसिर ६। आज हरीबोधनी एकादशी हिन्दूहरुको बिशेष चाड तथा रिडीमा ऋशीकेश उत्सवको पहिलो दिनको अबसरमा रिडीमा धार्मिक मेला हुन गइरहेको छ्। आज हजारौको संख्यामा तिर्थ यात्रीहरु कालीगन्डकीमा स्नान गर्न तथा ऋशीकेश भगवानको दर्शन गर्न रिडी आउँने गर्छन्। ऋशीकेश उत्सवको पहिलो दिनको अबसरमा आज रिडी बजार बाट पञ्चेबाजा सहीत फुलपाती,फलफुल तथा रोटीहरुको बिभिन परीकार सहीत ऋशीकेश मन्दिर लागिदै छ्। यस बर्षका लागि जात्राको मुल पाले गणेश थैबको घर बाट लागिदै छ्। भोली द्वादशीको दिन ऋशीकेश भगवानको प्रतिमा लाई रथामा राखी भब्यरुपमा रिडी बजारमा परीक्रमा गराइदै छ्। रथारोहरण कार्यक्रममा सहभागी हुन दशौ हाजारको संख्यामा तिर्थालुहरु रिडी आउने गर्दछन।

कोई टिप्पणी नहीं: