सोमवार, 23 नवंबर 2015

ट्वीटेको प्रश्नः घर जलाएर कहाँ बस्छौ ?

'कालोबजारी रोक, धेरै नखोक'
७ मंसिर, काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरका प्रयोगकर्ताहरु सोमबार एकाबिहानै हात हातमा पर्चा बोकेर राजधानीको सडकमा उत्रे । उनीहरुले केही अनौठो तरिकाले सरकार र मधेसमा आन्दोलन गरिरहेका दलहरुलाई झक्झकाउने प्रयास गरे ।
Suffering-100-Daysसरकार र आन्दोलनकारीलाई झक्झक्याउन भन्दै स्वतस्फूर्तरुपमा ट्वीटरबाटै तय गरिएको कार्यक्रम अनुसार उनीहरुले सोमबार बिहान काठमाडौंको बसन्तपुरबाट ‘सचेतना र्‍याली’ निकालेका थिए ।मधेस आन्दोलन सय दिनमा प्रवेश गर्दा ट्वीटेहरु बिहान करिब साढे ६ बजे नै राजधानीको बसन्तपुरमा जम्मा भएका थिए । त्यहाँबाट सुरु भएको र्‍यालीले केहीबेर प्रदर्शन गरेको थियो ।
‘देश जलाएर खरानी घस्छौ ? घर जलाएर कहाँ बस्छौ ?’, ‘यसरी कति दिन, जागिन्न जति दिन’ ‘दुर्दशाका सय दिन’ जस्ता नारा लेखिएका पर्चाहरु उनीहरुले बोकेका थिए । र्‍यालीमा करिब ५० जनाको उपस्थिति रहेको थियो । उनीहरुले बोकेको पर्चामा कालोबजारी रोक, धेरै नखोक जस्ता नाराहरु पनि लेखिएका थिए ।

100 Day, basantapur (1)

कोई टिप्पणी नहीं: