रविवार, 22 नवंबर 2015

रिडीमा खुल्ला भजन प्रतियोगिता सम्पन्न, अचम्मेश्वोर मन्डली प्रथम।

रूरू नेटवर्क रिडी, मंसिर ६। रिडीमा हिजो खुल्ला भजन प्रतियोगिता सम्पन्न भएको छ्। रूरू धार्मिक सेवा सन्चार प्रा लि को आयोजनामा भएको कार्यक्रममा श्री अचमेश्वर किर्तन मण्डलिले प्रथम भएको छ्। १६ टिम सहभागी भएको उक्त प्रतियोगितामा प्रथम समुह लाई ५०००, द्वितिय लाई ३००० र त्रितिय लाई २००० रुपैयाको पुरस्कार बितरण गरीएको थियो। सोही अबसरमा रुरुधाम डटकम नाम बाट वेवसाइटको समेत उदघाटन गरीएको थियो। कार्यक्रम रूरू धार्मिक सेवा सन्चार प्रा लि का प्रमुख चुरामणी तिमल्सिनको सभापतित्वोमा भएको थियो।

कोई टिप्पणी नहीं: