रविवार, 1 नवंबर 2015

नेपाली चालकमाथि कुटपिट र चन्दा असुली !

१५ कात्तिक, झापा । भन्सार जाँचपास पूरा भएर पनि अनाहकका नाकामा रोकिएका नेपाली मालबाहक सवारी चालक भारतीय भूमिका चन्दा आतंकको मार खेपिरहेका छन् । भारतीय सुरक्षाबल एसएसबीले रोकेर राखेका सयौं नेपाली साधनसँग पानीट्यांकी क्षेत्रका युवाले जथाभावी चन्दा उठाएका हुन् ।
आफैंले रोकेका नेपाली साधन तथा चालकको सुरक्षाप्रति भारतीय पक्ष उदासिन देखिएको नागरिकमा खबर छ । ‘यहाँ नेपाल हिँडेका झन्डै चार सय गाडी तीन चार दिनदेखि त्यतिकै रोकिएका छन्,’ ट्रक चालक सिद्दार्थ साहले भने, ‘यी सबै गाडीसँग चन्दा असुलिएको छ ।’ भारतीय सुरक्षा निकायले रोकेर राखेपछि गाडीको सुरक्षाको दायित्व पनि उसैको हो । तर, आँखैअघि चलेको रकम असुली धन्दालाई भारतीय सुरक्षाकर्मीले देखे नदेख्यै गरिरहेका छन् । ‘यो त सरारसर लुट हो,’ झापाका ट्रक व्यवसायी सुमन काफ्ले भन्छन्, ‘एसएसबी गाडी राख्ने अनि स्थानीय गुन्डा केटा विभिन्न बहानामा रकम असुल्ने गुनासो राख्दा पनि कसैले सुनुवाइ गर्दैन।’

कोई टिप्पणी नहीं: