रविवार, 1 नवंबर 2015

मधेसी मोर्चासँग परिणाममुखी वार्ताको तयारी !

१५ कात्तिक, काठमाडौं । तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सरकारबीच आइतबार वार्ता हुँदैछ । सरकार र आन्दोलनरत दुवै तर्फले आजको वार्तालाई निर्णायक र परिणाममुखी बनाउने तयारी गरेका छन् । आइतबारको वार्ताको तयारी स्वरुप शनिबार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक जनकपुरमा बसेको थियो ।
madhesi-morcha-bartaआज पनि सरकारसँग वार्तामा बस्नुअघि छलफल गर्ने मोर्चाले जनाएको छ । आफूहरुले सरकारसँग धेरैपटक छलफल गरेको भन्दै मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मोर्चा आजको वार्तालाई निर्णायक बनाउने पक्षमा छ यसको निर्भर सरकारमा रहने बताएका छन् । समस्या समाधान गर्नेगरी सरकारी वार्ता टोली प्रस्तुत भए वार्ताले निकास निकाल्ने यादवले बताए । सरकारी वार्ता टोलीका सदस्य कानुनमन्त्री खरेलले वार्तालाई परिणाममुखी बनाउन वार्ता र संवादबाटै सहमतिका आधारमा समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् । 

कोई टिप्पणी नहीं: