रविवार, 1 नवंबर 2015

एमालेले १० मन्त्रालय लिने, को-को बन्दैछन् मन्त्री ?

१५ कात्तिक,काठमाडौं । गठवन्धन सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले केही मन्त्रालय फुटाएर भएपनि १० मन्त्रालय लिने भएको छ । एमाले शीर्ष नेताहरुसँगको छलफलमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको भागमा जम्मा १० मन्त्रालय हुने जानकारी दिएका हुन् । यसअघि एमालेबाट तीन मन्त्री बनाएकोमा उद्योग र कानून मन्त्रालय लिएको छ भने एक विना बिभागीय छन् । दोस्रो साझेदार एनेकपा माओवादीले यसअघि नै उप्रधान र गृहसहित ८ मन्त्रालय पाइसकेको छ । 
Uml Mantri List Finalहाल कायम रहेका २५ मध्ये १२ मन्त्रालय बिभाजन भइसकेका छन् । बाँकी १३ मन्त्रालयमा राप्रपा नेपाललाई दुई, फोरम लोकतान्त्रिकलाई कम्तिमा एक दिन बाँकी छ । संसदमा १२ सिट रहेको राप्रपाले पनि २ मन्त्रालय मागेको छ भने फोरम लोकतान्त्रिकले ३ मन्त्रालय दावी गरेको छ । नेकपा माले, राष्ट्रिय जनमोर्चालाई एक-एक मन्त्रालय दिने तयारी छ । एमालेले अर्थ, रक्षा, सञ्चार, संघीय मामिला तथा स्थानीय विकास, स्वास्थ्य, शहरी विकास, पर्यटन मन्त्रालय लिनेछ । शान्ति तथा पुननिर्माण मन्त्रालयको टुंगो नलागेको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए । महत्वपूर्ण मन्त्रालय अन्य पार्टीलाई दिएको भन्दै पार्टीका नेताहरुले प्रधानमन्त्री ओलीको आलोचना गरेका छन् । एमालेले सम्भवतः शनिबार रातिसम्म मन्त्रीहरुको टुंगो लगाउनेछ ।

मन्त्रीका लागि भीम रावल, बिष्णु पौडेल, सुरेन्द्र पाण्डे, श्रीमाया थकाली, शेरधन राई, पशुपति चौलागाई, रविन्द्र अधिकारी, भानुभक्त ढकाल, आनन्द पोखरेल, प्रेम आले, शेरवहादुर तामाङ, सत्रुघन महतो, दलवहादुर सुनार, रामेश्वर फुयाल लगायतका नाममा छलफल चलिरहेको एक नेताले बताए ।
राज्यमन्त्रीमा यज्ञराज सुनुवार, मन्जु चौधरी, जनार्दन ढकाल, गणेश ठगुन्ना, दामोदर भण्डारी, अमरवहादुर थापा, लक्ष्मी पोखरेल लगायतको नाममा छलफलमा छ ।
प्रधानमन्त्री ओलीले मन्त्रीहरुका सम्भावित नामबारे शनिबारै महासचिव ईश्वर पोखरेलसँग अलग्गै छलफल गरेका छन् । पोखरेलले व्यक्तिको नाममा बैठकमा छलफल गराउने भन्दा पनि मापदण्ड बनाएर प्रधानमन्त्रीलाई सोही अनुसार गर्न दिनु उपयुक्त हुने बताएका छन् ।
उपराष्ट्रपतिको सपथग्रहण लगत्तै मन्त्रीहरुको पनि सपथग्रहण गराउने तयारी भइरहेको एमाले स्रोतले जनाएको छ । यसअघि एमालेबाट अग्नि खरेल कानुन, सोमप्रसाद पाण्डे उद्योग र सत्यनारायण मण्डल बिना बिभागीय मन्त्री छन् ।

कोई टिप्पणी नहीं: