रविवार, 1 नवंबर 2015

ग्यास ल्याउन एसएसबीलाई पैसा !

१५ कात्तिक, महोत्तरी । तराई-मधेसमा जारी ७७ दिनदेखिएको बन्द-हड्ताल र ३८ दिनदेखिको नाकाबन्दीले सास्ती झेलिरहेका जिल्लाबासी सीमावर्ती बजारबाट खाना पकाउने ग्यास ल्याउँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी) लाई अतिरिक्त रकम तिर्नुपर्दा मारमा छन् । भिट्टामोड, सम्सी र मटिहानी नाकालगायत सीमावर्ती क्षेत्रबाट ग्यास सिलिन्डर बोकेर आउने नेपालीसँग एसएसबीले रकम उठाउने गरेको नागरिक दैनिकमा खबर छ ।
खाली सिलिन्डर लिएरु भारतीय बजार पुग्ने नेपाली साढे सात सय रुपैयाँमा ग्यास किन्छन् । कालोबजारी गर्नेहरुलाई हजार रुपैयाँभन्दा बढी तिर्नुपर्छ । यसरी खरिद गरिएको ग्यास आफ्नो सिलिन्डरमा पल्टाएर भर्न लगाउनुपर्छ । बोरामा सिलिन्डर बेरेर सीमामा आएपछि एसएसबीलाई प्रतिसिलिन्डर दुई सयदेखि पाँचसय भारु लिर्नुपर्ने उनीहरुको भनाइ छ । 

कोई टिप्पणी नहीं: