शनिवार, 31 अक्तूबर 2015

मधेस आन्दोलनको समर्थनमा पहाडी समुदायको र्‍याली

गौतम श्रेष्ठ १४ कात्तिक, रौतहट । तराई मधेसमा जारी आन्दोलनप्रति गौरका पहाडी समुदायले शनिबार ऐक्यबद्धता र्‍याली निकालेका छन् । मधेसी मोर्चाले सुरु गरेको अनशन स्थलसम्म जुलुसका साथ पुगेका पहाडी समुदायले माग सम्बोधन हुनु पर्नेमा जोड दिएका थिए ।
Madhesh-andolanसदरमुकाम गौरमा रहेका पहाडी समुदायका नागरिकहरुले निकालेको र्‍याली गौरका मधेश क्रान्ती चोकबाट सुरु भएको थियो । सरकार विरोधी नाराबाजी गर्दै गौर नगरको परिक्रमा पश्चात गौर बैरगनिया सीमा क्षेत्रको मितेरी पुलमा गएर धर्नामा परिणत भएको थियो ।
मधेशमा बस्ने सबै मधेसी भएको भन्दै पहाडी समुदायले सदभावपूर्ण ऐक्यबद्धता र आन्दोलनप्रति आˆनो समर्थन रहेको बताएए । र्‍यालीको संयोजन गरेका उमेश घिमिरेले सबै समुदायप्रति सदभाव र सहकार्य कायम राख्न र मधेसका मुद्दाहरु सम्बोधन गर्न माग गरेका छन् । यसैगरी गौरमा रहेका केशरी समुदायले पनि मधेस आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै जुलुस प्रदर्शन गरेका छन् । मधेसको जायज माग सम्बोधनका लागि सरकारको ध्यानकर्षण गराउन जुलुस निकालेको केशरी समाजका अगुवा तथा नागरिक समाज गौरका अध्यक्ष जगरनाथ केशरीले बताए ।

कोई टिप्पणी नहीं: