शनिवार, 31 अक्तूबर 2015

नन्दकिशोर पुन पासाङ उपराष्ट्रपति निर्वाचित !

१४ कात्तिक, काठमाडौं । पूर्व लडाकू कमाण्डर नन्दकिशोर पुन पासाङ उपराष्ट्रपति निर्वाचित भएका छन् । औपचारिक घोषणा हुन बाँकी छ । संसदको केहीबेरमा बस्ने बैठकमा सभामुख ओनसरी घर्ती मगरले उपराष्ट्रपति चुनावको मत परिणाम घोषणा हुनेछ । मत गणनामा सहभागीहरुका अनुसार पासाङले ३२५ मत पाएका छन् । कांग्रेस उम्मेदवार अमियकुमार यादवले २१२ मत पाएका छन् । शनिबार भएको मतदानमा ५४६ मत खसेको थियो । तर, १० मत बदर भएको छ ।

कोई टिप्पणी नहीं: