शनिवार, 31 अक्तूबर 2015

नेपाली विमानस्थलमा बहुभाषा किन प्रयोग नगरेको ? (आसाम भ्रमणमा जे दखियो)

केदार धिमाल कार्तिक १४ - यसपालि दशैंको अवसरमा मेरा अनन्य मित्र जेनिथहाङ लिवाङज्यूको आग्रहमा भारतको आसाम राज्य भ्रमण गर्ने अवसर मिल्यो | भ्रमणको क्रममा आसाम राज्यलाई अलि नजिकबाट बुझ्ने र अध्ययन गर्ने मौका पाएँ | त्यहाँका आदिवासी अगुवालगायत गोर्खाल्याण्डका आन्दोलनकर्मीहरुसँग भेटघाट र छलफल गर्ने अवसर मिल्यो | आसाम राज्य भारतको उत्तरपूर्वमा पर्ने राज्य हो | नेपालबाट जाने अधिकांश नेपालीहरु वेस्टबेंगालको न्यु जलापाइगुडी रेल्वे स्टेसनबाट जाने गर्दछन् | यो स्टेसनमा रेल आउनुभन्दा करिब १ घण्टा अघि पुगियो | यो मुख्य रेल्वे स्टेसन भएकोले धेरै रेलहरुको आवतजावत हुँदोरहेछ |
asam-visitस्टेसनको आसपासमा धेरै वटा माइक राखिएको छ | एक घन्टा रेल कुर्ने क्रममा आउने रेल र छुट्ने रेलको विषयमा एक महिलाले निरन्तर जानकारी गराइरहिन् | उनले यो जानकारी चार भाषामा दिइन् |
नेपालमा विमानस्थलहरु धेरै छन् | तर विमानस्थलमा नेपाली (खस) भाषा र अंग्रेजी मात्र बोलेको सुनेको छु | काठमाडौंको विमानस्थलमा विमान आउनेजाने जानकारी नेवारी (नेपालभाषा) मा किन प्रयोग नगरेको ? विराटनगर विमानस्थलमा थारु, राजवंशी लगायतका भाषा किन प्रयोग नगरेको ?
सुरुमा उनले हिन्दी भाषा प्रयोग गरिन् | त्यसपछि क्रमशः बङ्गाली, अंग्रेजी र नेपाली | यो सुनेर मन निकै प्रफुल्ल भयो | यो प्रान्तले कम्तीमा बहुभाषाको सम्मान गरेको अनुभूति गरें | यहीँबाट यात्रा सफल भएको महसुस गरें |

भारतमा पनि नेपाली भाषाको सम्मान रहेछ भन्ने प्रत्यक्ष सुन्न र देख्न पाएँ | भारतको यस्तो महत्वपूर्ण ठाउँमा किन नेपाली भाषा प्रयोग गरेको भन्ने लाग्यो | तर यो क्षेत्र दार्जिलिङ जिल्लाभित्र पर्छ | यस जिल्लामा अधिकांश नेपालीभाषीको बसोबास छ | ती नेपालीहरुलाई सम्मान गरिएको हो भन्ने बुझें |

नेपालमा विमानस्थलहरु धेरै छन् | तर विमानस्थलमा नेपाली (खस) भाषा र अंग्रेजी मात्र बोलेको सुनेको छु | काठमाडौंको विमानस्थलमा विमान आउनेजाने जानकारी नेवारी (नेपालभाषा) मा किन प्रयोग नगरेको ? विराटनगर विमानस्थलमा थारु, राजवंशी लगायतका भाषा किन प्रयोग नगरेको ?
नेपाली भाषा भारतको विश्वविद्यालयहरुमा पठनपाठन गरिन्छ | तर यहाँ राजेन्द्र महतो, उपेन्द्र यादव लगायतका नेताले आफ्नो मातृभाषा हिन्दीमा संसदमा या सार्वजनिक स्थलमा भाषण गर्दा भारतपरस्त अराष्ट्रवादी भनी संचारगृहबाट समाचार छापिन्छ | यो कस्तो दुर्भाग्य ?
यदि त्यसो हुँदो हो त भारतका सबै प्रधानमन्त्री, मन्त्रीहरु अराष्ट्रवादी नेपाल परास्त, बेलायत परास्त हुनुपर्ने जसले नेपाली, अंग्रेजी लगायत धेरै भाषालाई महत्वपूर्ण स्थान दिएका छन् |
पहिचानको आन्दोलनमा आसाम राज्य अग्रस्थानमा
आसामलाई नागालैंड, अरुण अंचल, मिझोरम, त्रिपुरा, मेघालय र सिक्किम गरी सात प्रदेशहरुले छोएको प्रदेश हो | दुई अन्तर्राष्ट्रिय देश भुटान र बंगलादेशले पनि छोएको छ |
asam-visit2
बेलायतले सन् १८२४-२६ पहिलो बर्मायुद्धमा विजयपछि आसामलाई भारतमा समावेश गरेको थियो | योभन्दा अघि आसाम स्वतन्त्र देश थियो |
सन् १९४७ मा भारत स्वतन्त्र भएपश्चात आसामलाई ठूलो राज्य बनाइएको थियो | नागालैंड, अरुणा अंचल, मिझोरम, त्रिपुरा, मेघालय आसाम राज्यभित्रै थिए | तत्कालिन समयमा आसामिज भाषा मात्र सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गरिन्थ्यो | धेरै संख्यामा बोलिने धेरै भाषाहरु ओझेलमा परे | त्यही समयदेखि पहिचान र सभ्यताको आन्दोलन सुरु भयो |
नागा आदिवासीहरुले आफ्नो अस्तित्व, पहिचान र सभ्यतालाई कायम राख्न शान्तिपूर्ण आन्दोलनदेखि सशस्त्र आन्दोलन चलाए | नागा आदिवासीको संघर्षको धेरै वर्षको कठिन संघर्षपछि सन् १९६३ मा नागालैंड राज्य स्थापित गराउन सफल भए | धेरै नागा आदिवासीहरुको रगतले नागालैंड पहिचान, अस्तित्व र सभ्यतालाई स्थापित गराउन सकेका छन् |
नागाहरुको बारेमा मैले जे सुनेको थिएँ, जे कन्सेप्ट बनाएको थिएँ, त्यो गलत रहेछ | उनीहरु आफ्नो पहिचानको लागि जस्तो विषम परिस्थिति झेल्न तयार रहेछन् | भारतको गणतान्त्रिक संविधानको धारा ३७१ ‘ए’ मा उल्लेख भएअनुसार भारतको संविधानमा जे लेखिएको भए तापनि निम्न विषयहरुमा नागालैंडमा उपयोगको लागि स्वतन्त्र हुनेछ-
१. धार्मिक र सामाजिक अभ्यास गर्न, गराउन
२. नागाहरुको प्रथाजनित कानुन र प्रक्रिया
३. नागा प्रथाजनित कानुनअनुसार देवानगी र फौजदारी न्याय फैसला गर्न सक्ने
४. भूमि र स्रोतहरुको स्वामित्व र हस्तान्तरण नागा राज्यले व्यस्थापिका सभाको अर्को निर्णय भएसम्मको लागि लागु गर्न, गराउन सक्ने छ |
नागा सरकारले नागाबाहेक बाहिरी नागरिकलाई जमिन किनबेचमा रोक लगाएको छ | सरकारले नागाबाहेक अन्य प्रदेश वा विदेशबाट आएका मानिसहरुलाई जमिन लिज (भाडामा) दिन सक्ने प्रावधान रहेको छ |
asam-visit3
जनसंख्याको हिसाबले नागालैंड भारतको सबभन्दा सानो प्रान्त हो | अन्य नोर्थ इस्ट राज्यहरुभन्दा धनी र विकसित प्रान्त पनि नागालैंड हो (Dr. E Renphamo Lotha, Nagaland Ownership and Transformation of Land and Resources, azehud.wordpress.com, 2012) ।
मेघालय क्षेत्रका आदिवासीहरुको आन्दोलनले सन् १९७२ मा छुट्टै मेघालय राज्य बनाउन सफल भयो | पहिचानको आन्दोलन आसाम राज्यमा त्यतिमा मात्र सीमित भएन | अरुण अंचल र मिझोरम राज्य सन् १९८६ आसाम राज्यबाट छुट्टिएर स्वायत्त राज्य भएका हुन् | पहिचानको आन्दोलन आसाम एउटा उर्बर भूमि जहाँ पटकपटक पहिचानको लागि सबै किसिमको आन्दोलन भएको थियो | अझै यो आन्दोलन जारी छ |
आसाममा बोडो आन्दोलन
भारतको आसाम राज्यको गोलाघाट जिल्ला उरियमघाट गाउमा २९ गते पुगियो | हामीलाई अमर लिवाङज्यूले स्वागत गर्नुभयो | अखिल असम गोर्खा छात्र संघ गोलाघाट जिल्ला पदाधिकारी कर्ण लिम्बूज्यूले बोडो आन्दोलनमा लाग्नुभएका अगुवाहरुसँग कार्तिक १ गते भेटघाट गराउनुभयो | भेटघाटमा बोडो आन्दोलनको विषयमा निकै छलफल गरियो |
मूलतः भारतको आसाम प्रान्तको बोडो पहिचान र बोडो स्वयात्तताको लागि सशस्त्र विद्रोहमा होमिएका प्रदीप स्वर्गियरी, मुकुन्द बसुमटरी र सत्यजित बसुमटरीज्यूसँग भेटघाट र छलफल गरियो ।
बोडो आदिवासीको शान्तिपूर्ण र सशस्त्र संघर्षका कारण भारत सरकारले सन् २००३ मा आसामका कोक्राझार, बाक्सा, चिराङ र उदलगुरी गरी चार जिल्लालाई समेटेर Bodo Territorial Area Districts स्थापना गरेको छ | बोडो जिल्लालाई Bodo Territorial Council संचालनले संचालन गर्दछ |
डा. खेमा सोनोवल (Why Bodo Movement, 2013) का अनुसार बोडो आन्दोलनको सुरुवात २०औं शताब्दीको दोस्रो दशकदेखि भएको हो | धार्मिक र सामाजिक सुधारदेखि सुरु भएको आन्दोलन हो | यस आन्दोलनलाई कालिचरण मेचले सुरुवात गर्नुभएको थियो | उहाँले बोडोहरुलाई ब्रह्मा धर्म रुपान्तरण गर्नुभयो | पछि उहाँलाई कालिचरण ब्रह्मा भन्न थालियो |
सन् १९१८ मा बोडो भाषा, संस्कृति, शिक्षा संरक्षण गर्न र बोडोहरुलाई रोजगारीमा समान अवसर उपलब्ध गराउन आसाम बोडो छात्र सम्मिलनको स्थापना गरियो | यसपछि धेरै यस्ता विषयमा वकालत गर्ने बोडो संघसंस्थाहरुको स्थापना भयो |
सन् १९६७ मा अल बोडो स्टुडेन्ट्स युनियन(ABSU) स्थापना भएपछि बोडोलैंड माग आन्दोलनले गति लियो | सन् १९८७ मा उपेन्द्रनाथ ब्रह्माले ABSU नेतृत्व लिएपछि औपचारिक रुपमा स्वायत्त बोडोलैंडको माग चर्केर गयो | भारत सरकारले सुनुवाइ नगरेपछि राजनीतिक संगठन Bodo Peoples’ Action Committee (BPAC) स्थापना गरियो | यी दुवै संगठनको चर्को दबाबको कारण सन् १९९३ फेब्रुअरी २० मा भारत सरकारसँग द्विपक्षीय Bodo Autonomous Council (BAC) दिने भनी सम्झौता भयो | तर बोडो नेताहरुको आन्तरिक द्वन्द्वले भारत सरकारले सम्झौता तोड्यो |
सरकारले सम्झौता तोडेपछि National Democratic Front of Bodoland (NDFB) ले सशस्त्र संघर्ष सुरु गर्‍यो | बोडोलैंडको लागि यो सङ्गठन धेरै लडिसकेको छ | अझै लड्ने क्रम जारी छ | राम्रा बोडो नेताहरुले सहादत प्राप्त गरिसकेका छन् | उनीहरुको पहिचानको आन्दोलन जारी छ |
आदिवासी भाषामैत्री आसाम राज्य
आसाम राज्य बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक प्रदेश हो | यहाँ प्रमुख रुपमा आसामी र बोडो आदिवासी भाषा प्रमुख हुन् | यी दुई प्रमुख भाषाबाहेक तीन जिल्लामा बङ्गाली भाषा पनि सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गरिन्छ |
यहाँ हरेक सरकारी कार्यालयमा आसामी, बोडो कि बङ्गाली भाषामा नै लेख्ने प्रचलन छ | त्यही भएर यहाँ भाषा संरक्षणको लागि आसाम सरकारले महत्वपूर्ण कदम चालेको छ |
नेपाल सरकारले यस्तो प्रणाली कहिले सिक्ने हो ? कहिले लिम्बू, थारु, तामाङ, नेवार (नेपालभाषा), मैथली, धिमाल लगायतका भाषाहरु सरकारी कामकाजको भाषा हुने, विद्यालय तथा विश्वविद्यालयहरुमा कहिले पठनपाठन हुने ? यो प्रश्न यहाँका भाषाहरुले सरकारलाई सोधिरहेको छ |

कोई टिप्पणी नहीं: