शनिवार, 31 अक्तूबर 2015

हराएका पर्यटक भेट्नेलार्इ १० लाख पुरस्कार!

१४ कात्तिक, म्याग्दी । म्याग्दीको शिख गाविसमा पर्ने खोप्रा लेक क्षेत्रबाट सात महिनाअघि हराएका पर्यटक फेला पार्ने व्यक्तिलाई उनका आफन्तले १० लाख रूपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत पर्ने शिखको बयलीखर्कदेखि खोप्रा लेक जाने क्रममा गत चैत २२ गतेदेखि मलेसियाको क्वालालम्पुरका ४७ वर्षीय डेनिस लियन थिएन पो हराएका थिए । गत वैशाखदेखि प्रहरी, पर्यटन व्यवसायी र उनका आफन्तले हेलिकप्टर र तालिम प्राप्त कुकुरको समेत प्रयोग गरे निरन्तर खोजी गरी रहे पनि ती पर्यटक अझसम्म भेटिएका छैनन् ।
डेनिसको खोजीका लागि यसै हप्ता नेपाल आएका आफन्तले एक सार्वजनिक सूचना जारी १० लाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेको हो । यसअघि पाँच लाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका थिए । घोरेपानी, शिख, घार, भुरुङ तातोपानी, घान्दु्रकलगायतका पर्यटकीय क्षेत्रमा इनाम दिने सूचना टाँस गरिएको छ । डेनिसको खोजीलाई निरन्तरता दिए पनि फेला पार्न नसकिएको घोरेपानी इलाका प्रहरी कार्यालयका हवल्दार मुक्त खड्काले बताए । पर्यटक डेनिस सारडग्स नेपाल नामको ट्रेकिङ कम्पनीमार्फत पदयात्रामा आएका थिए । रासस  

कोई टिप्पणी नहीं: