शनिवार, 31 अक्तूबर 2015

उपराष्ट्रपति निर्वाचन अाज, पासाङको जित लगभग पक्का !

१४ कात्तिक, काठमाडौं । उपराष्ट्रपति चयनका लागि व्यवस्थापिका संसदमा शनिबार मतदान हुँदैछ । उक्त पदका सत्तारुढ गठबन्धनका उम्मेद्वार एकीकृत नेकपा माओवादीका नन्दकिशोर पुन (पासाङ) र नेपाली कांग्रेसका उम्मेद्वार अमियकुमार यादवबीच प्रतिस्पर्धा हुँदैछ ।
Pasang-and-Amiya-kumarशुक्रबार संसद सचिवालयले निर्धारण गरेको समयमा चार जनाको उम्मेद्वारी दर्ता भए पनि दुई जनाले मनोनयन फिर्ता लिएपछि पासाङ र यादवबीच प्रतिष्पर्धा हुन लागेको हो । दलहरुबीचको अहिलेसम्मको समीकरण अनुसार पासाङ उपराष्ट्रपति बन्ने करिब निश्चित भएको छ । संसदमा हाल कायम रहेको संख्या पाँच सय ९७ अनुसार उपराष्ट्रपतिमा निर्वाचित हुन कम्तीमा दुई सय ९९ मत आवश्यक पर्छ । सत्तारुढ दलमा भएका सांसदको संख्याका आधारमा पासाङको जीत करिब निश्चित भएको हो । उपराष्ट्रपतिका चयनका लागि गठबन्धनलाई सुदृढ बनाउन र सांसदलाई मतदान शिक्षा प्रभावकारी बनाउन प्रधानमन्त्री केपी ओलीले बिहान नौ बजेदेखि सांसदको भेला बोलाएका छन् । राष्ट्रपतिमा जस्तै उपराष्ट्रपति पदका लागि पनि सांसदले गोप्य मतदान गर्नेछन् । बिहान ११ बजेदेखि अपरान्ह दुई बजेसम्म मतदान हुनेछ । मतको परिणाम भने साँझ पाँच बजेको संसद बैठकमा प्रस्तुत हुनेछ । 

कोई टिप्पणी नहीं: